नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

चैत ०४
नागरिक लगानी कोषको खुद कोष मौज्दात २ खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। कोषको ३५औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा कोषका अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले सानो पूँजी सङ्कलन गरी यस्तो ठूलो वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको बताए ।

२०४७ सालमा स्थापना हुँदा कोषको बचत मात्र २ करोड ४४ लाख रुपैयाँ थियो। अहिले कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ पुगिसकेको छ। विभिन्न सात वटा योजनाहरू सञ्चालन गर्दै आएको कोषले सबै कार्यक्रमबाट जगेडा कोषसहित २ खर्ब ७३ अर्ब रुपैयाँ वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको जनाएको छ। पुस मसान्तसम्म कोषले २ खर्ब ६४ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको जानकारी दिइएको छ। कोषले साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको र ‘शेयर डिबेन्चर’ हरूमा पनि लगानी गरेको उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने सुझाव दिए । नागरिक लगानी कोषका अध्यक्ष थापाले कृषि, पर्यटन, ऊर्जा र भौतिक पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने योजना रहेको जानकारी पनि दिएका छन्।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज