प्रधानमन्त्री कप: क्रिकेटमा पुलिसको पाँचौं जीत

चैत ०४
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।

यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार पाँचौं जीत हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज