Author: Bihani Post

‘सक्किगोनि’ टेलिसिरियल नयाँ रुपमा आउदै

‘सक्किगोनि’ टेलिसिरियल नयाँ रुपमा आउदै

मनोरञ्जन
चैत ०७ परिष्कृत सिर्जनाको तयारीका लागि केही समय विश्राम लिएको सिरियसलका लेखक, कलाकार एवं निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले जानकारी दिएका छन् । उनका अनुसार चौथो सिजन चाँडै शुरू हुनेछ । ‘यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौ’, पाँडेले भनेका छन् । उनले चौथो सिजनमा कसरी आउनुपर्ला भनेर उनले दर्शक एवं शुभेच्छुकहरूसँग सुझाव समेत मागेका छन् । ‘हामीलाई विश्वाश छ, यहाँहरूबाट निरन्तर प्रवाह भइरहेको सद्‌भाव, प्रेम र शुभेच्छामा कुनै कमी आउने छैन । चौथो सिजनमा हामी कसरी आउनुपर्लारु’, पाँडेले भनेका छन्, ‘कला सिर्जनामार्फत् नेपाली सामाजिक रूपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्तिरव्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्...
एसईई परीक्षा आजदेखि सुरु

एसईई परीक्षा आजदेखि सुरु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा
चैत ०७ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको छ । एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुट्ट्याउँदै आएको छ।  ...
स्ववियु सभापतिमा क्रान्तिकारीका मिलन विजयी

स्ववियु सभापतिमा क्रान्तिकारीका मिलन विजयी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, शिक्षा, समाचार
चैत ०७ त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ती मगर विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट उनी ३९० मत प्राप्त गरी विजय भएका हुन । निर्वाचित घर्ती मगरले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरे । सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् । यस्तै, सदस्यमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अ...
पृथ्वीमा फर्किए सुनीता र बुचसहित चार अन्तरिक्षयात्री

पृथ्वीमा फर्किए सुनीता र बुचसहित चार अन्तरिक्षयात्री

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, समाचार, स्वास्थ्य
पृथ्वीमा फर्किए सुनीता र बुचसहित चार अन्तरिक्षयात्री चैत ०६ बोइङको स्टारलाइनर अन्तरिक्षयानको परीक्षण उडानका क्रममा अन्तरिक्षमा पुगेका सुनीता विलियम्स र बुच विलमोचर अन्य दुई यात्रीसँगै पृथ्वीमा फर्किएका छन् । उनीहरू ८ दिनका लागि अन्तरिक्षमा गएकोमा यानमा प्राविधिक खराबी देखिएपछि लामो समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमै रोकिनुपरेको थियो । यी वरिष्ठ अन्तरिक्षयात्रीद्वय नासाकै अर्का सहयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभसँगै फ्लोरिडाको तालहासी नजिकै समुन्द्रमा ओर्लिएका हुन् । उनीहरू मंगलबार साँझ ५ बजेर ५७ मिनेट (नेपाली समयअनुसार बुधबार बिहान ४:४२ बजे०) पृथ्वीमा आइपुगेको नासाले जनाएको छ । उनीहरूको पृथ्वीमा अवतरण र अन्तरिक्षयानबाट बाहिर आउँदै गरेको क्षणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो । सुनीता र बुचको अनपेक्षित लामो अन्तरिक्ष बसाइँका कारण विश्वभरका मानिसहरूमा...
स्ववियु निर्वाचन : ६५ प्रतिशत मतदान

स्ववियु निर्वाचन : ६५ प्रतिशत मतदान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत ०६ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्यस्तै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस र शहिद बहुमुखी क्याम्पस रामपुरमा शान्तपूर्णरुपमा (स्ववियु) निर्वाचन सम्पन्न भयो । एक हजार ८ सय ९४ जना मतदाता विद्यार्थी रहेको यस त्रिभुवन बहुमुखी क्याम्पसमा एक हजार २ सय २८ मत खसेको क्याम्पस प्रमुख टंक भट्टराईले जानकारी दिए । यो ६४ दशमलव ८३ प्रतिशत मतदान हो । मत गणना आज हुँदैछ । रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा ८० दशमलव ०८ प्रतिशत मत खसेको छ । यहाँ ७ सय १३ जना मतदाता विद्यार्थी रहेकोमा ५ सय ७१ मत...

स्ववियु निर्वाचन :६५ प्रतिशत मतदान

समाचार
चैत ०६ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्यस्तै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस र शहिद बहुमुखी क्याम्पस रामपुरमा शान्तपूर्णरुपमा ९स्ववियु० निर्वाचन सम्पन्न भएको छ । एक हजार ८ सय ९४ जना मतदाता विद्यार्थी रहेको यस त्रिभुवन बहुमुखी क्याम्पसमा एक हजार २ सय २८ मत खसेको क्याम्पस प्रमुख टंक भट्टराईले जानकारी दिए । यो ६४ दशमलव ८३ प्रतिशत मतदान हो । मत गणना आज हुदै छ । रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा ८० दशमलव ०८ प्रतिशत मत खसेको छ । यहाँ ७ सय १३ जना मतदाता विद्यार्थी रहेकोमा ५ सय ७१...
अछाम केन्द्रविन्दु भएर भूकम्प

अछाम केन्द्रविन्दु भएर भूकम्प

समाचार
चैत ०५ अछाममा भूकम्प गएको छ । आज बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का अछामका साथै आसपासका जिल्लामा महसुस भएको थियो ।
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक

दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक

मनोरञ्जन
चैत ०५ गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ । घरपरिवार तथा गाउँघरको माया तथा परदेशी जीवनको कथा समेटिएको गीतमा बी पाण्डेको शब्द, बिपी वाग्लेको सङ्गीत र भद्र ओलीको एरेञ्ज रहेको छ । एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतमा चन्द्र चौधरीले मिक्सिङ गरेका छन् । पार्वती चापागाईंको निर्देशन र शीतल वाग्लेको सह–निर्देशन रहेको गीतको भिडियोमा मदन सिलवाल, राजा राजपुत, सुरज खाती, दीपकराज कालीराजको अभिनय छ । भिडियोको छायाङ्कन धर्म मानन्धर र सम्पादन निराजनसिंह ठकुरीले गरेका छन् । गीत मिसन इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।...
च्याउ खाएर बिरामी भएका १० जनामध्ये एकको मृत्यु

च्याउ खाएर बिरामी भएका १० जनामध्ये एकको मृत्यु

Breaking News 2, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत ०५ तनहुँमा च्याउ खाँदा बिरामी परेका १०  मध्ये एक को मृत्यु भएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारको क्रममा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । अरु नौ जनाको अवस्था भने सामान्य छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।
आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

अर्थ, ब्यापार, शेयर बजार
चैत ०५ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज