चैत ०७
परिष्कृत सिर्जनाको तयारीका लागि केही समय विश्राम लिएको सिरियसलका लेखक, कलाकार एवं निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले जानकारी दिएका छन् । उनका अनुसार चौथो सिजन चाँडै शुरू हुनेछ । ‘यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौ’, पाँडेले भनेका छन् ।
उनले चौथो सिजनमा कसरी आउनुपर्ला भनेर उनले दर्शक एवं शुभेच्छुकहरूसँग सुझाव समेत मागेका छन् ।
‘हामीलाई विश्वाश छ, यहाँहरूबाट निरन्तर प्रवाह भइरहेको सद्भाव, प्रेम र शुभेच्छामा कुनै कमी आउने छैन । चौथो सिजनमा हामी कसरी आउनुपर्लारु’, पाँडेले भनेका छन्, ‘कला सिर्जनामार्फत् नेपाली सामाजिक रूपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्तिरव्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रूपमा उठाएको हेर्न चाहनुहुन्छरु यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौं ।’
सक्किगोनि टिमले बनाएको फिचर फिल्म ‘लाज शरणम्’ यतिबेला हलमा चलिरहेको छ ।