Author: Bihani Post

प्रवेश गर्यो ‘लाज शरणम्’ पाचौँ हप्तामा

प्रवेश गर्यो ‘लाज शरणम्’ पाचौँ हप्तामा

मनोरञ्जन
चैत १३ चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो । उच्च शोसहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक रहेका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ । ‘चलचित्र लाज शरणम् सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,’ निर्माता नवीन श्रेष्ठले भने, ‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रलाई उपलब्ध शो मा दर्शकको संख्या उच्च छ ।’ ‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ रा...
‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड

‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड

मनोरञ्जन
चैत १३ मल्टिस्टारर फिल्म ‘जेरी अन टप’ को छायांकन फिल्म निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले सम्पन्न गरेको छ ।सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकार सहितको निर्माण टिम काठमाडौं रिटर्न भएको छ । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चीत हाँस्य अभिनेता केदार घिमिरे माग्नेबुढा प्रमुख अभिनयमा छन् । ‘फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केका छौं,’ निर्माता सरोज न्यौपानेले भने, ‘उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन् ।’ सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ । फिल्मका केही दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो । अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा प्रम...
एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

खेलकुद
  चैत १३ नेपालले एसियाकप छनोटको तेस्रो चरण हारसँगै सुरुआत गरेको छ । नेपाल समूह ‘एफ’को खेलमा मलेसियाको हातबाट २–० ले पराजित रहेको हो । नयाँ प्रशिक्षकका रूपमा म्याट रस भित्रिएयता नेपालको यो पहिलो हार हो । यसअघि नेपालले मैत्रीपूर्ण अभ्यास खेलमा सिंगापुरलाई हराएको थियो । जोहरको सुल्तान इब्राहिम लार्किन रंगशालामा भएको खेलमा हेक्टर हेभेलले २९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७१ औं मिनेटमा लाभेर कोरबिन–ओङले दोस्रो गोल थपे । यसै समूहको अर्को खेलमा भियतनामले शानदार सुरुआत लिंदै लाओसलाई ५–० ले हरायो र शीर्ष स्थानका लागि आफू नै बलियो प्रत्यासी रहेको प्रमाणित गर्‍यो । यस नजितासँगै भियतनाम र मलेसिया समान ३र३ अंकमा रहे । नेपाल र लाओस शून्य अंकमा रहे ।  ...
२७ प्रतिशतले वृद्धि भयो चितवनमा राजस्व सङ्कलन

२७ प्रतिशतले वृद्धि भयो चितवनमा राजस्व सङ्कलन

अर्थ, ब्यापार
चैत १३ आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्त सम्मको राजस्व भन्दा यो २७ प्रतिशतले बढी हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्त सम्ममा १४ अर्ब ४६ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ । गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख राजस्व सङ्कलन भएको थियो । विभागले यस वर्ष १५ अर्ब ७० करोड १० लाख राजस्व सङ्कलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको हो । विभागले गत वर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजस्व सङ्कलनका लागि लक्ष्य तोकेको थियो ।...
आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत

खेलकुद
चैत १३ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी शुरुआत गरेको छ । हिजो भएको खेलमा पञ्जाबले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ३२ रन मात्रै बनाउन सक्यो । गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए । जस बटलरले ५४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए । त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४३ रन बनाएको थियो । पञ्जाबका कप्तान श्रेयस अय्यरले सर्वाधिक ९७ रन बनाए । प्रियान्स आर्यले ४७ रन जोडे । गुजरातका शाई किशोरले तीन विकेट लिए । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । भारतको गुवाहाटीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।...
अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

खेलकुद, समाचार
चैत १३ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीले पनि आफ्नो तयारीलाई तिब्रता दिइरहेका छन् । एक फरक कार्यक्रम मार्फत काठमाडौं रेजर्स र लुम्बिनी थन्डर्सले आफ्नो जर्सी सार्वजनिक गरेका हुन् । यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन् । वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदैछ । आगामी शनिबारदेखि एनएसएलको तेस्रो संस्करणका खेल दशरथ रंगशालामा सुरु हुने तय छ ।...
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा : चन्द्रबहादुर थापा

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा : चन्द्रबहादुर थापा

ट्रेन्डिङ, ताजा अपडेट, स्वास्थ्य
चैत १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मङ्गलबार मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार ल्याएर आमनागरिकको पहुँच बढाउन आग्रह गरेका छन् ।...
मांसपेशी कमजोर बनाउने जटिल रोगबाट नेपालमा झन्डै ८ सय जना प्रभावित, सुझाव दिन समिति गठन

मांसपेशी कमजोर बनाउने जटिल रोगबाट नेपालमा झन्डै ८ सय जना प्रभावित, सुझाव दिन समिति गठन

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, स्वास्थ्य
चैत १३ मांसपेशी कमजोर बनाउने जटिल रोग 'मस्कुलर डिस्ट्राेफी'  बाट नेपालमा झन्डै आठ सय जना प्रभावित रहेका पाइएको छ । मांसपेशी कमजोर बनाउँदै हिँडडुल तथा आवतजावतमै समस्या पार्ने आनुवांशिक रोगका बिरामी बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोग भएका बालबालिका तथा अन्यलाई अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्छ । यो रोगको पहिचान, उपचार, रोकथाम एवम् पुनर्स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिस्ट प्रा. डा. जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन भएको छ । समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्रा.डा. रोहितकुमार पोखरेल,'मस्कुलर डिस्ट्राेफी' फाउन्डेशन नेपालु का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. मिता शाह राना र मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल रहनुभएक...
ट्रक खस्दा चालकको मृत्यु

ट्रक खस्दा चालकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १२ चितवनको मुग्लिन–नारायणगढ सडकमा मंगलबार बिहान कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको हो । रौतहटमै घर भएका सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव भने घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज बिहान नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूली नदीमा खसेको बताइएको छ । घटनालगत्तै प्रहरीले चालक र सहचालकलाई उद्धार गरी भरतपुर अस्पताल पठाएकोमा घाइते चालक रामनारायणको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मलायम सुपरस्टारको फिल्मको कमाइ सलमानको ‘सिकन्दर’को भन्दा बढी हुने

मलायम सुपरस्टारको फिल्मको कमाइ सलमानको ‘सिकन्दर’को भन्दा बढी हुने

मनोरञ्जन
चैत १२ सलमान खानको ‘सिकिन्दर’लाई टक्कर दिने गरी आएको ‘एल २ः एम्पुरान’ ले प्रि–सेलको पहिलो दिनमा नै १० करोड कमाएको छ। यति धेरै रकम सङ्कलन गर्ने यो पहिलो मलयालम फिल्मसमेत बनेको छ। टिकट बुकिङ प्लेटफर्म बुक माइ शोमा बुकिङ खुल्ला गरे लगत्तै भारी ट्राफिकको कारण साइट अस्थायी रूपमा क्र्याससमेत हुन पुगेको थियो ।‘एल २ एम्पुरान’ मलयालम फिल्मको लागि सबैभन्दा ठूलो विश्वव्यापी ओपनिङ दिन तयार छ। अब अन्तिम आँकडा कति पुग्छ भन्ने प्रश्न हो । यो कीर्तिमान सन् २०२१ मा रिलिज भएको प्रियदर्शनको ऐतिहासिक फिल्म ‘मराक्कर अरबिकदलिन्टे सिहम’ को नजिक पुगेको छ। ट्रेड एनालिस्ट रमेश बाला र एबी जर्जले यो फिल्मले पहिलो दिनमै ४० करोडको आँकडा पार गर्ने विश्वास लिएको छ । सैकनिल्कको रिपोर्ट अनुसार ‘एल २ः एम्पुरान’ ले अन्तर्राष्ट्रिय स्तरमा अग्रिम बुकिङका लागि राम्रो प्रतिक्रिया पाइरहेको छ । पृथ्वीराज सुकुमारन द्वारा निर्दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज