मांसपेशी कमजोर बनाउने जटिल रोगबाट नेपालमा झन्डै ८ सय जना प्रभावित, सुझाव दिन समिति गठन

चैत १३
मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिस्ट्राेफी’  बाट नेपालमा झन्डै आठ सय जना प्रभावित रहेका पाइएको छ ।

मांसपेशी कमजोर बनाउँदै हिँडडुल तथा आवतजावतमै समस्या पार्ने आनुवांशिक रोगका बिरामी बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोग भएका बालबालिका तथा अन्यलाई अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्छ ।

यो रोगको पहिचान, उपचार, रोकथाम एवम् पुनर्स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिस्ट प्रा. डा. जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन भएको छ ।

समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्रा.डा. रोहितकुमार पोखरेल,’मस्कुलर डिस्ट्राेफी’ फाउन्डेशन नेपालु का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. मिता शाह राना र मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल रहनुभएको छ । त्यसैगरी नेपाल पेडियाट्रिक्स सोसाइटीकी प्रतिनिधि, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी निष्ठा श्रेष्ठ समितिको सदस्य र सदस्य सचिवमा मन्त्रालयका डा. पुष्पराज पौडेल हुनुहुन्छ ।

मस्कुलर डिस्ट्रोफीको रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । समितिलाई रोग रोकथाम, परिवार र स्वास्थ्यकर्मीलाई जानकारी दिन आवश्यक सचेतनामूलक कार्यक्रम, सामाजिक पुनर्स्थापना र आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ ।

‘मस्कुलर डिस्ट्राेफी’  आनुवांशिकबाहेक अन्यमा समेत देखापर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवांशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने विज्ञहरूको भनाइ छ ।

-ujyaalo

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज