एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

 

चैत १३
नेपालले एसियाकप छनोटको तेस्रो चरण हारसँगै सुरुआत गरेको छ । नेपाल समूह ‘एफ’को खेलमा मलेसियाको हातबाट २–० ले पराजित रहेको हो । नयाँ प्रशिक्षकका रूपमा म्याट रस भित्रिएयता नेपालको यो पहिलो हार हो ।

यसअघि नेपालले मैत्रीपूर्ण अभ्यास खेलमा सिंगापुरलाई हराएको थियो । जोहरको सुल्तान इब्राहिम लार्किन रंगशालामा भएको खेलमा हेक्टर हेभेलले २९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७१ औं मिनेटमा लाभेर कोरबिन–ओङले दोस्रो गोल थपे ।

यसै समूहको अर्को खेलमा भियतनामले शानदार सुरुआत लिंदै लाओसलाई ५–० ले हरायो र शीर्ष स्थानका लागि आफू नै बलियो प्रत्यासी रहेको प्रमाणित गर्‍यो । यस नजितासँगै भियतनाम र मलेसिया समान ३र३ अंकमा रहे । नेपाल र लाओस शून्य अंकमा रहे ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज