अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

चैत १३
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीले पनि आफ्नो तयारीलाई तिब्रता दिइरहेका छन् । एक फरक कार्यक्रम मार्फत काठमाडौं रेजर्स र लुम्बिनी थन्डर्सले आफ्नो जर्सी सार्वजनिक गरेका हुन् ।

यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन् । वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदैछ ।

आगामी शनिबारदेखि एनएसएलको तेस्रो संस्करणका खेल दशरथ रंगशालामा सुरु हुने तय छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज