Author: Bihani Post

अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

अर्थ, ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
चैत १८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको छ । अप्रिल २ देखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बीबीसीले जनाएको छ । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ । ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भनेका छन् । ट्रम्पको यो घोषणापछि एशियाको शेयर बजारमा गिरावट देखिएको छ । -एजेन्सी  ...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
चैत १८ हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सफा छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत्र १८ सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।...
काठमाडौं महानगरले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने

काठमाडौं महानगरले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने

राजनीति, समाचार
काठमाडौं महानगरपालिकाले चैत १५ गते शुक्रबार पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजार रुपैयाँसहितको पत्र महानगरले शाहलाई पठाएको हो । पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ । महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको हो । एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १-१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको छ। जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए। दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा पुगेपछि पत्र पनि ज्ञानेन्द्र शाहकै नाममा काटिएको हो। शनिबार बि...
फिल्म प्रमोसनको लागी ग्रिस बाट नेपाल आइन एन्जिला

फिल्म प्रमोसनको लागी ग्रिस बाट नेपाल आइन एन्जिला

मनोरञ्जन, समाचार
चैत १६ राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवनकथामा आधारित ‘अन्जिला’फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् । ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि शुक्रबार आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् । उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्नेछु । मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरुको मायाभव्य देखेपछि नै आएको हो ।सम्पूर्ण टिलाई धन्यवाददिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’ साथै उनले दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुकहुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्...
हिंसात्मक बन्यो राजावादीको आन्दोलन : तोडफोड, लुटपाट र आगजनी !

हिंसात्मक बन्यो राजावादीको आन्दोलन : तोडफोड, लुटपाट र आगजनी !

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
चैत १६ पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यस्तै एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो । तर, प्रदर्शनकारीले हिंसात्मक गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ । प्रहरीले यस खालको गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइ कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म ५१ जना पक्राउ गरेको जनाएको छ । पक्राउ ...
सामसङ ग्यालेक्सी ए सिरिजको नयाँ मोडल आउदै

सामसङ ग्यालेक्सी ए सिरिजको नयाँ मोडल आउदै

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा
चैत १६ सामसङले नयाँ ग्यालेक्सी ए सिरिजका मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी ए फिफ्टीसिक्स फाइभ जी, ए थर्टीसिक्स फाइभ जी र ए ट्वान्टीसिक्स फाइभ जी नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । ए सिरिजका यी स्मार्टफोनहरूमा पहिलो पटक ‘असम इंटेलिजेन्स’ र उन्नत क्यामेरा विशेषता रहेको कम्पनीको दाबी छ । सामसुङको सबैकालागि एआई भन्ने सोचमा यी फोन नयाँ कदम भएको उसको दाबी छ । यी सबै फोनहरु धुलो तथा पानी प्रतिरोधात्मक क्षमताका साथ टिकाउ र सुरक्षित रहेको कम्पनीले जनाएको छ ।...
महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्ने

महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्ने

खेलकुद
चैत १५ नेपालले एएफसी महिला एशियन कप २०२६ को छनोटमा आफ्नो समूह चरणको पहिलो खेल लाओससँग खेल्ने भएको छ। एशियाली फुटबल महासङ्घ एएफसी ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल र लाओस बीचको खेल आउँदो जुन २९ मा हुनेछ। नेपालले दोस्रो खेल २ जुलाईमा श्रीलङ्कासँग र तेस्रो तथा अन्तिम खेल ५ जुलाईमा उज्बेकिस्तानसँग खेल्ने तालिका छ। नेपाल समूह ‘एफ’ मा परेको छ, जसको खेल उज्बेकिस्तानमा हुनेछ। फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि रहेको छ, जहाँ उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्। महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेताले आगामी वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कपमा स्थान प्राप्त गर्नेछन्। यस प्रतियोगितामा अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापान भने पहिले नै छनोट भइसकेका छन्। एशियन कपमा कुल १२ टोली सहभागी हुने...
४५ वर्षको उमेरमा व्यापारीकी छोरीसँग विवाह गर्दैछन् प्रभास

४५ वर्षको उमेरमा व्यापारीकी छोरीसँग विवाह गर्दैछन् प्रभास

मनोरञ्जन
चैत १५ चैत साउथ सिनेमाका चर्चित अभिनेता प्रभासले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका छन् । प्रभासले पनि आफ्नो अभिनयबाट करोडौं युवतीको मन जितेका छन् । तर, तपाईंका लागि ल्याएको खबरले लाखौं केटीहरूको मन तोड्न सक्छ । प्रभास अब दुल्हा राजाको रूपमा घोडा चढ्न तयार भएका छन् । एक व्यापारीकी छोरीसँग उनको सम्बन्ध फाइनल भएको खबर आएको छ । प्रभास ४५ वर्षको उमेरमा दुलहा बन्न लागेका हुन् । उनका फ्यानहरु लामो समयदेखि अभिनेताको विवाहको प्रतिक्षामा थिए, अब फ्यानहरुको प्रतिक्षाको घडी समाप्त हुन लागेको छ । उनी एक व्यापारीको ज्वाइँ बन्न लागेका छन् । न्यूज १८ तेलुगुको रिपोर्ट अनुसार प्रभासको परिवारले सुपरस्टारका लागि दुलही फेला पारेको हो । यद्यपी ती युवती को हुन् र के गर्छिन्? भन्ने बारेमा भने खुलाइएको छैन । उनका बुबा हैदरावादका ठूला व्यापारी हुन् । हाल प्रभासको विवाहको महत्वपूर्ण विवरण गोप्य राखिएको छ...
तानसेनको भिमसेन टोलमा खाना महोत्सव हुने

तानसेनको भिमसेन टोलमा खाना महोत्सव हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल चैत १५ भिमसेन टोल विकास सस्था तानसेन ६,पाल्पाको आयोजनामा खाना महोत्सव हुने भएको छ । "सडकमै खाउ सडकमै रमाउ,स्थानीय खानालाई प्रोत्साहन गरि सरस्वती मन्दिर जिर्णोद्वारमा टेवा पुर्याऔ" भन्ने नाराका साथ चैत २१ गते तानसेन  भिमसेन टोल विकास सस्था महिला उपसमिति पाल्पाको आयोजनामा महोत्सव हुन लागेको हो । भिमसेन टोल विकास सस्थाका अध्यक्ष प्रकाश नाथ गंगोलले स्थानीय कला, संस्कृति, रहनसहन र इतिहास नै समाजका गहना भएको कुरा बिहानी पोष्ट लाई जानकारी गराउदै सस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णद्वार गर्ने उधेश्यका साथ खाना महोत्सव गर्न लागेको बताउनु भयो । महोत्सवमा खानाका विभिन्न परिकारसँगै महिलाहरुले उत्पादन गरेका कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरुको प्रदर्शनी साथै स्थानीय कलाकारको प्रस्तुतिमा भजन,चुड्का मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।      ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज