तानसेनको भिमसेन टोलमा खाना महोत्सव हुने

निराजन पौडेल
चैत १५
भिमसेन टोल विकास सस्था तानसेन ६,पाल्पाको आयोजनामा खाना महोत्सव हुने भएको छ । “सडकमै खाउ सडकमै रमाउ,स्थानीय खानालाई प्रोत्साहन गरि सरस्वती मन्दिर जिर्णोद्वारमा टेवा पुर्याऔ” भन्ने नाराका साथ चैत २१ गते तानसेन  भिमसेन टोल विकास सस्था महिला उपसमिति पाल्पाको आयोजनामा महोत्सव हुन लागेको हो ।

भिमसेन टोल विकास सस्थाका अध्यक्ष प्रकाश नाथ गंगोलले स्थानीय कला, संस्कृति, रहनसहन र इतिहास नै समाजका गहना भएको कुरा बिहानी पोष्ट लाई जानकारी गराउदै सस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णद्वार गर्ने उधेश्यका साथ खाना महोत्सव गर्न लागेको बताउनु भयो ।

महोत्सवमा खानाका विभिन्न परिकारसँगै महिलाहरुले उत्पादन गरेका कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरुको प्रदर्शनी साथै स्थानीय कलाकारको प्रस्तुतिमा भजन,चुड्का मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज