महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्ने

चैत १५
नेपालले एएफसी महिला एशियन कप २०२६ को छनोटमा आफ्नो समूह चरणको पहिलो खेल लाओससँग खेल्ने भएको छ। एशियाली फुटबल महासङ्घ एएफसी ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल र लाओस बीचको खेल आउँदो जुन २९ मा हुनेछ।

नेपालले दोस्रो खेल २ जुलाईमा श्रीलङ्कासँग र तेस्रो तथा अन्तिम खेल ५ जुलाईमा उज्बेकिस्तानसँग खेल्ने तालिका छ। नेपाल समूह ‘एफ’ मा परेको छ, जसको खेल उज्बेकिस्तानमा हुनेछ। फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि रहेको छ, जहाँ उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेताले आगामी वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कपमा स्थान प्राप्त गर्नेछन्। यस प्रतियोगितामा अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापान भने पहिले नै छनोट भइसकेका छन्। एशियन कपमा कुल १२ टोली सहभागी हुनेछन्।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज