Author: Bihani Post

दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

ताजा अपडेट, राजनीति, समाचार
चैत २९ दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो। अदालतले क्यान्सर पीडित प्रसाईँको उपचारको प्रवन्ध मिलाउन पनि निर्देशन दिएको छ...
चट्याङ लागेर दुई महिला घाइते

चट्याङ लागेर दुई महिला घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत २९ बिहीबार वर्षासँगै परेको चट्याङका कारण खोटाङमादुई महिला गम्भीर घाइते भएका छन् । चट्याङका कारण घाइते बनेका दुवै महिलाको खोटाङ वडा नं २ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुखले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याएका हुन् । यस्तै,बिहीबार आएको हावाहुरी सँगै परेको वर्षाका कारण दोस्रो तानसेन महोत्सवमा पनि करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसले गर्दा तानसेन महोत्सव प्रभावित भएको छ । विशेष गरी पूर्वी तथा मध्य तराईमा अझै केही दिन हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहनसमेत महाशाखाको सुझाव छ ।...
दुर्गा प्रसाईँ पक्राउ नपरेको प्रहरीको स्पष्ट

दुर्गा प्रसाईँ पक्राउ नपरेको प्रहरीको स्पष्ट

ताजा अपडेट, समाचार
चैत २९ नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले स्पष्ट पारेको छ । दुर्गा प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।...
बगनासकालीका लाभग्राहीको खातामा पुग्यो सामाजिक सुरक्षा भत्ता

बगनासकालीका लाभग्राहीको खातामा पुग्यो सामाजिक सुरक्षा भत्ता

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
चैत २९ भोजराज भट्टराई पाल्पाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । गाउँपालिकाभित्र तेस्रो त्रैमासिकमा गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता खान योग्य ३ हजार १ सय ८७ लाभग्राहीको लागि ३ करोड, १९ लाख, ९८ हजार ९ सय ४५ रुपैंया गाउँपालिकाले लाभग्राहीको नेपाल बैंकमा रहेको खातामा जम्मा गरिदिएको हो । जसअन्तर्गत जेष्ठ नागरिक ६८ वर्ष माथिका १ हजार ९ सय ९५ जनाको लागि २ करोड ३६ लाख ८२ हजार २ सय ९४ रुपैंया, जेष्ठ नागरिक दलित १ सय ४४ जनाको लागि ११ लाख ४१ हजार १ सय चालिस रुपैंया लाभग्राहीको खातामा जम्मा भएको छ । यस्तैगरी २ सय ५५ जना जेष्ठ एकल नागरिकको लागि २० लाख ३४ हजार ९ सय रुपैंया, ४ सय ४८ विधवा आर्थिक सहायता अन्तर्गत ३५ लाख ५६ हजार ४ सय २० रुपैंया जम्मा भएको छ । गाउँपालिकाभित्र रहेका पूर्ण अपाङ्गता ५२ जनाको लागि ६ लाख १९ हजार ९४ नब्बे...
हावाहुरी र वर्षातले तानसेन महोत्सव प्रभावित

हावाहुरी र वर्षातले तानसेन महोत्सव प्रभावित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
चैत २८ शुक्रबार देखि सुरु भएको दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । बुधबार दिउँसोदेखि परेको वर्षा र रातीको ठूलो हावाहुरीका कारण महोत्सव प्रभावित बनेको हो । हिजो कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावाहुरी चलेपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाका बिच भागदौड मच्चिएको थियो । कार्यक्रमा आफ्नो प्रस्तुती देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरु समेत आफ्नो कला देखाउनबाट बञ्चित भए । हावाहुरी र पानीले स्टल उडाएको छ भने मन्च अहिले अस्तव्यस्त छ । वर्षा र हावाहुरीका कारण महोत्सव स्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ ।            ...
पाणिनी पाकिस्तानमा होइन, अर्घाखाँचीमा जन्मिएका हुन : प्रधानमन्त्री ओली

पाणिनी पाकिस्तानमा होइन, अर्घाखाँचीमा जन्मिएका हुन : प्रधानमन्त्री ओली

Breaking News 1, लुम्बिनी, समाचार
चैत २८ प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण रहेको दाबी गरेका छन् । अर्घाखाँचीमा ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँचीको पाणिनीमा भएकोमा कुनै शंका नरहेको बताए । ‘विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो, यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुवात भयो,’ प्रधानमन्त्री ओलीले भने । उनले थपे, ‘ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो ।’ पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताए । । पाणिनी गाउँपा...
चारदेशीय टी-२० सिरिज : नेपाल आज कुवेतसँग भिड्दै

चारदेशीय टी-२० सिरिज : नेपाल आज कुवेतसँग भिड्दै

खेलकुद
चैत २८ हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ। यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो। यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ। आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल नेपाली समयानुसार बिहीबार बिहान ११ः१५ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।...
संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

ताजा अपडेट, समाचार
चैत २७ राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ । सोही आन्दोलन अन्तर्गत आज गौसलाबाट जुलुस सुरु गरी मैतिदेवी, डिल्लीबजार हुँदै काठमाडौंको भृकुटीमण्डपमा पुगेर सभा गरेको हो । प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापनालागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ । नेपालको राष्ट्रियतामाथि लगातार आक्रमण बढाउँदै लैजानुका साथै अब उनीहरूले नेपाललाई युद्धको अखडा बनाउन पनि प्रयत्न गरिरहेको हुनाले नेपालका शासक वर्ग वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्यवाद परास्त नीतिहरूका कारणले त्यो खतरा अरू ...
आज नेप्से परिसूचक ९.६६ अंकले वृद्धि

आज नेप्से परिसूचक ९.६६ अंकले वृद्धि

ब्यापार, शेयर बजार
चैत २७ बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेर २६७६ अंकमा कायम भएको छ। यसदिन, नेप्से परिसूचक दिउँसो ११:४४ बजे २७०१ अंकसम्म पुगेको थियो, तर टिक्न सकेन। यस दिन कारोबार रकम ४ अर्ब ४४ करोड रुपैयाँमा खुम्चिएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ३० करोडको कारोबारको तुलनामा कम हो। १५४ कम्पनीको मूल्य वृद्धि भएको छ भने ९० कम्पनीको मूल्य घटेको छ, र एउटाको मूल्य स्थिर रह्यो। बैंकिङ र व्यापार सेक्टर बाहेक सबै सेक्टरका सूचक बढेका छन्। होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ। विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनन्स, निर्जीवन बीमा, र अन्य सेक्टरका सूचक पनि वृद्धि देखिएको छ।  ...
नेपाली युवा टोलीको अफगानिस्तानमाथि ८५ रनको जित

नेपाली युवा टोलीको अफगानिस्तानमाथि ८५ रनको जित

खेलकुद, समाचार
चैत २७ तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई ८५ रनले हराएको छ। नेपालले १ सय ९२ रनको लक्ष्य अफगानिस्तानलाई दिएको थियो, जुन वर्षाका कारण रोकिएको खेलमा डीएलएस मेथडका आधारमा नेपाल विजयी भएको हो। अफगानिस्तानले २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल रोकियो। नेपालका अपराजित पौडेलले २ विकेट लिए, र अन्य चार खेलाडीले १र१ विकेट हात पारे।नेपालले ४४ ओभर ५ बलमा १ सय ९१ रन बनाएको थियो, जसमा साहिल पटेल र निरजकुमार यादवले क्रमशः ४६ र ४२ रनको योगदान दिए। अफगानिस्तानका हफीज जाद्रनले ४ विकेट लिए। युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले पहिला नै जितेको थियो, जसमा अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो।नेपाल र अफगानिस्तानको टोली १९ वर्षमुनिको विश्वकप छनोटको तयारीमा रहे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज