चैत २८
हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ।
यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो।
बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।
यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ। आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।
यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल नेपाली समयानुसार बिहीबार बिहान ११ः१५ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।