चैत २८
प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण रहेको दाबी गरेका छन् । अर्घाखाँचीमा ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँचीको पाणिनीमा भएकोमा कुनै शंका नरहेको बताए ।
‘विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो, यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुवात भयो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले थपे, ‘ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो ।’
पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताए ।
। पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको हो । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल मानिन्छ ।