चैत २९
दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो।
अदालतले क्यान्सर पीडित प्रसाईँको उपचारको प्रवन्ध मिलाउन पनि निर्देशन दिएको छ