चैत २९
बिहीबार वर्षासँगै परेको चट्याङका कारण खोटाङमादुई महिला गम्भीर घाइते भएका छन् । चट्याङका कारण घाइते बनेका दुवै महिलाको खोटाङ वडा नं २ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुखले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याएका हुन् ।
यस्तै,बिहीबार आएको हावाहुरी सँगै परेको वर्षाका कारण दोस्रो तानसेन महोत्सवमा पनि करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसले गर्दा तानसेन महोत्सव प्रभावित भएको छ ।
विशेष गरी पूर्वी तथा मध्य तराईमा अझै केही दिन हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहनसमेत महाशाखाको सुझाव छ ।