Author: Bihani Post

आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार १६, हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
एसईई परीक्षामा पाल्पाबाट ६ जनाले ४ जीपीए ल्याए

एसईई परीक्षामा पाल्पाबाट ६ जनाले ४ जीपीए ल्याए

Breaking News 2, शिक्षा
असार १५ पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीमध्ये ६ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । पाल्पाबाट कुल ३ हजार ७ सय २० जना सहभागी भएकोमा दुई छात्रा र दुई छात्रले ४ जीपीए ल्याएका हुन् । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट एक जना र न्यू होराईजन सेकेण्डरी स्कुल तानसेनबाट तीन जनाले चार जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।...
ठूलो पानी पर्न सक्ने सम्भावना

ठूलो पानी पर्न सक्ने सम्भावना

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार १५ देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । प्राधिकरणले निकालेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एकदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।...
आज असार १५, धान दिवस मनाइँदै

आज असार १५, धान दिवस मनाइँदै

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार १५, हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ । असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।  ...
एसईई मौका परिक्षा साउन २९ देखी

एसईई मौका परिक्षा साउन २९ देखी

शिक्षा, समाचार
असार १४, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार (साझ)  सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा सहभागी भएका मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भए। बाँकी विद्यार्थीहरू आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न असफल भएका हुन्। बोर्डले असफल भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार, मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले तोकिएको म्यादभित्र आवेदन दिनुपर्नेछ। यसअघि चैतमा सञ्चालन भएको एसईईमा करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए।...
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार १४ देशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा  धेरै भारी वर्षाको सम्भावना रहेको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

Breaking News 1, शिक्षा, समाचार
असार १३, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको बजेट ४७ करोड ६५ लाख

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बजेट ४७ करोड ६५ लाख

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
असार १३, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले आन्तरिक स्रोत, संघीय सरकार, प्रदेश सरकार, साझेदारी कार्यक्रम र विभिन्न विकास साझेदार संस्थाहरूको सहकार्यबाट प्राप्त हुने स्रोतहरू समेटेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरिएको हो । बजेटसँगै प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार, खानेपानी, रोजगार र सामाजिक सुरक्षा लाई उच्च प्राथमिकतामा राखि खार्पुनाथलाई स्मार्ट गाउँपालिका बनाउने दीर्घकालीन लक्ष्य समेत अगाडि सारिएको छ । साथै महिला सशक्तिकरण, पर्यटन प्रवर्द्धन, जलवायु अनुकूल विकास, जैविक विविधता संरक्षण र वातावरणमैत्री पूर्वाधार र डिजिटल सेवा विस्तार जस्ता विषय विशेष प्राथमिकतामा आएका छन् ।...
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
असार १३, गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्र्तगत दिगामचौर निवासी ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गिता कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहीनायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् । बिहीबार दिउसोे जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि राती नै उनीहरूलाई टाउको दुख्ने रिंगाटा लाग्ने र बान्ताहुने जस्ता लक्षण देखिएको बताइएको छ । बिरामी परेका तिनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।...
आजको मौसम

आजको मौसम

समाचार
असार १३, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज