असार १४,
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार (साझ) सार्वजनिक गरेको हो ।
यस वर्षको परीक्षामा सहभागी भएका मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भए। बाँकी विद्यार्थीहरू आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न असफल भएका हुन्।
बोर्डले असफल भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार, मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले तोकिएको म्यादभित्र आवेदन दिनुपर्नेछ।
यसअघि चैतमा सञ्चालन भएको एसईईमा करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए।