Author: Bihani Post

तुइनखोला पहिरो : राजधानी जाने मुख्य सडक कहिलेसम्म अवरुद्ध ?

तुइनखोला पहिरो : राजधानी जाने मुख्य सडक कहिलेसम्म अवरुद्ध ?

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज ९। निराजन पौडेल, पाल्पा । संघीय राजधानी काठमाडौं छिर्ने मूल मार्ग हो नारायणगढ-काठमाडौं सडक । यस बीचको नारायणगढ-मुग्लिन सडक जहिले अवरुद्ध हुने गर्छ र यो बाटोबाट आउजाउ गर्ने यात्रु सधैं मारमा परेका हुन्छन् । राजधानी जाने यो मार्ग हिँउद न वर्षात् जहिल्यै पहिरो खस्ने र अवरुद्ध हुने हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । कयौं सरकार फेरिन्छन् अनि कयौं मत्रालयका मन्त्रीहरु पनि । तर यो बाटोको अवस्था अझै सुध्रिएको छैन । निरन्तरको अवरोधले सास्ती र हैरानी खेप्ने भनेको जनताले नै हो । केही दिनदेखि फेरि यो सडक खण्डको तुइनखोलामा पहिरो खस्यो । माथिबाट खसेको ठुल्ठुला ढुंगा सहितको पहिरोले बाटोको नाम निसाना नै बाँकी रहेन । यसले गर्दा अहिले बाटो अवरुद्ध छ । केही दिन अघि खसेको पहिरोलाई भने डोजर लगायतको सहायतामा हटाई बाटो सुचारु गरिएको थियो । पहिरो हटाएको केही समय नबित्दै फेरि उक्त ठाउँमा ठूलो पहिर...
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज ९ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना गरि मनाइदै छ । पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै देवी कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो। सृष्टिको आरम्भ यिनै माताको शक्तिबाट भएको विश्वास गरिन्छ। आफ्नो बलले अण्ड ९ब्रह्माण्ड० उत्पन्न गर्न सक्ने भएकाले देवीलाई कुष्माण्डा भनिएको हो। धार्मिक ग्रन्थअनुसार सृष्टि रचना हुनु अघि चारैतिर अन्धकार मात्र रहेको समयमा यिनै देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी थिइन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनिन्छ। कुष्माण्डा मातालाई अष्टभुजा पनि भनिन्छ। यिनको आठवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि–निधि प्रदान गर्ने माला रहेका छन्। स...
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज ८ । आज नवरात्रको तेस्रो दिन । नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीले शिरमा अर्धचन्द्र र हातमा चन्द्रधारी घण्टा भएकाले चन्द्रघण्टा नाम पाएको धार्मिक ग्रन्थमा उल्लेख छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको आराधनाले शक्ति प्राप्त हुने विश्वास छ। यिनको स्वरूप पहेँलो वर्णको, शान्त र करुणामयी मानिन्छ। देवीले अत्याचारको अन्त्य गर्ने र भक्तलाई पापमोचन प्रदान गर्ने धार्मिक मान्यता छ। नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदैछ। नवरात्रभर दुर्गा सप्तशती, देवीभागवत र अन्य स्तोत्र पाठ गरिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजाको प्रसाद ग्रहण गरिन्छ। चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन...
आज देखि वडा दशैं शुरु : घटस्थापनासँगै जमरा राखिँदै

आज देखि वडा दशैं शुरु : घटस्थापनासँगै जमरा राखिँदै

Breaking News 1, ताजा अपडेट, समाचार
असोज ६, आज आश्विन शुक्ल प्रतिपदादेखि हिन्दूहरूको महान् चाड बडा दसैँ सुरु भएको छ। आजको दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी दुर्गा पूजाको आरम्भसँगै घटस्थापना गरिँदैछ। नित्यकर्म सकेर चोखो स्थलबाट ल्याइएको माटो वा बालुवामा गाईको गोबरले लिपपोत गरिएको स्थानमा जमरा रोपिन्छ। दुर्गा देवीको प्रिय वस्तु मानिने यव (जौ) रोप्ने यो परम्परा विजयादशमीसम्म चल्नेछ। दसैँको मुख्य दिन टीका लगाउँदा समृद्धिको प्रतीक पहेँलो जमरा समेत ग्रहण गरिन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। तर, कुल परम्पराअनुसार कतिपयले अन्य अन्न पनि रोप्ने चलन रहेको बताइन्छ। जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ। १५ दिनसम्म मनाइने दसैँको आज पहिलो दिन घटस्थापनासँगै धार्मिक विधि अनुसार पर्व प्रारम्भ भएको हो।...
नागरिकता विधेयक प्रमाणीकरण, नागरिकता वितरण थप लचिलो हुने

नागरिकता विधेयक प्रमाणीकरण, नागरिकता वितरण थप लचिलो हुने

Breaking News 2, ताजा अपडेट, समाचार
भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार नेपाल नागरिकता ऐन,  २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । संघीय संसदका दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि पेश भएको विधेयक आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विधेयक प्रमाणीकरण भएसँगै नेपालको नागरिकता वितरणको विषय थप लचिलो बन्ने भएको छ । नेपाल नागरिकता ऐन,  २०६३ संशोधन भई नेपालको संविधान अनुरुप बनेसँगै अब नागरिकता वितरण प्रणालीमा थप सरलता आउने देखिएको छ । कतिपय नेपालीहरु नागरिकता विहिन भई बस्नु परेको अवस्थामा अब ऐन संशोधन भएसँगै नागरिकता प्राप्त गर्न सक्ने अवस्था बनेको छ । आज संशोधनको प्रमाणीकरण भएको नागरिकता विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता प्रदान गर्न सकिने व्यवस्था उल्लेख छ । यस्तै बाबुको पहिचान नखुलाईकन पनि नागरिकता दिन सक...
मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
भदौ ५ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंह दरबारमा बस्ने छ । एजेण्डा के ? बैठकमा वर्तमान समसामयिक तथा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल हुने स्रोतको भनाइ छ । हाल प्रधानमन्त्री कार्कीको टीम ४ सदस्यीय मात्र रहेको छ । यसर्थ मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बुझिएको छ ।...
कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते

कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते

Breaking News 2, ट्रेन्डिङ, शिक्षा, समाचार
असोज ४, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते सञ्चालन हुने गरी तालिका सार्वजनिक गरिएको थियो, तर देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका फेरीएको हो । बोर्डले परीक्षा केन्द्र पहिले नै तोकेका छ।
एशिया कप टी–२० क्रिकेटमा ओमान पराजित

एशिया कप टी–२० क्रिकेटमा ओमान पराजित

खेलकुद
असोज  ४, एशिया कप टी–२० क्रिकेटमा ओमान भारतसँग २१ रनले पराजित भएको छ । गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ ।
आजको मौसम

आजको मौसम

Breaking News 2, समाचार
असोज ४ , मौसम महाशाखका अनुसार आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भेगमा साधारणतया बदली रही तराई क्षेत्रमा आंशिक बदली रहने छ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान अनि मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै भुभागमा मध्यम वर्षाको सम्भावना छ।
‘माइतीघर’ फिल्मको ट्रेलर सार्वजनिक

‘माइतीघर’ फिल्मको ट्रेलर सार्वजनिक

मनोरञ्जन, समाचार
असोज ३ । दशैंको अवसर पारेर असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । पारिवारिक कथामा बनेको फिल्म हिजो सार्वजनिक भएको हो । ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदारप्रसाद घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज