असोज ३ ।
दशैंको अवसर पारेर असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । पारिवारिक कथामा बनेको फिल्म हिजो सार्वजनिक भएको हो । ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदारप्रसाद घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।