नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

असोज ८ ।
आज नवरात्रको तेस्रो दिन । नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीले शिरमा अर्धचन्द्र र हातमा चन्द्रधारी घण्टा भएकाले चन्द्रघण्टा नाम पाएको धार्मिक ग्रन्थमा उल्लेख छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको आराधनाले शक्ति प्राप्त हुने विश्वास छ। यिनको स्वरूप पहेँलो वर्णको, शान्त र करुणामयी मानिन्छ। देवीले अत्याचारको अन्त्य गर्ने र भक्तलाई पापमोचन प्रदान गर्ने धार्मिक मान्यता छ।

नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदैछ। नवरात्रभर दुर्गा सप्तशती, देवीभागवत र अन्य स्तोत्र पाठ गरिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजाको प्रसाद ग्रहण गरिन्छ।

चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ ।

यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता ।

नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज