नागरिकता विधेयक प्रमाणीकरण, नागरिकता वितरण थप लचिलो हुने

भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार नेपाल नागरिकता ऐन,  २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । संघीय संसदका दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि पेश भएको विधेयक आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विधेयक प्रमाणीकरण भएसँगै नेपालको नागरिकता वितरणको विषय थप लचिलो बन्ने भएको छ । नेपाल नागरिकता ऐन,  २०६३ संशोधन भई नेपालको संविधान अनुरुप बनेसँगै अब नागरिकता वितरण प्रणालीमा थप सरलता आउने देखिएको छ । कतिपय नेपालीहरु नागरिकता विहिन भई बस्नु परेको अवस्थामा अब ऐन संशोधन भएसँगै नागरिकता प्राप्त गर्न सक्ने अवस्था बनेको छ ।

आज संशोधनको प्रमाणीकरण भएको नागरिकता विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता प्रदान गर्न सकिने व्यवस्था उल्लेख छ । यस्तै बाबुको पहिचान नखुलाईकन पनि नागरिकता दिन सकिने प्रावधान उक्त विधेयकमा गरिएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज