तुइनखोला पहिरो : राजधानी जाने मुख्य सडक कहिलेसम्म अवरुद्ध ?

असोज ९।

निराजन पौडेल, पाल्पा ।

संघीय राजधानी काठमाडौं छिर्ने मूल मार्ग हो नारायणगढ-काठमाडौं सडक । यस बीचको नारायणगढ-मुग्लिन सडक जहिले अवरुद्ध हुने गर्छ र यो बाटोबाट आउजाउ गर्ने यात्रु सधैं मारमा परेका हुन्छन् । राजधानी जाने यो मार्ग हिँउद न वर्षात् जहिल्यै पहिरो खस्ने र अवरुद्ध हुने हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । कयौं सरकार फेरिन्छन् अनि कयौं मत्रालयका मन्त्रीहरु पनि । तर यो बाटोको अवस्था अझै सुध्रिएको छैन । निरन्तरको अवरोधले सास्ती र हैरानी खेप्ने भनेको जनताले नै हो ।

केही दिनदेखि फेरि यो सडक खण्डको तुइनखोलामा पहिरो खस्यो । माथिबाट खसेको ठुल्ठुला ढुंगा सहितको पहिरोले बाटोको नाम निसाना नै बाँकी रहेन । यसले गर्दा अहिले बाटो अवरुद्ध छ । केही दिन अघि खसेको पहिरोलाई भने डोजर लगायतको सहायतामा हटाई बाटो सुचारु गरिएको थियो । पहिरो हटाएको केही समय नबित्दै फेरि उक्त ठाउँमा ठूलो पहिरो खसेको छ । यसले गर्दा विगत ४८ घण्टा भन्दा लामो समयदेखि बाटो अवरुद्ध छ । दशैंका लागि घर फर्किने यात्रुहरु राजधानी तिरै रोकिए भने कोही पोखरा लगायतका वैकल्पिक बाटो रोज्न बाध्य भएका छन् ।

देशमा कति आमूल परिवर्तनहरु देखेको यो सडकले देशमा हुने ठूला परिवर्तनका लागि राजधानीमा हुने जुलुसका लागि मान्छे उतार्न धेरै मान्छे राजधानी पठाएको छ यसै माध्यमबाट । कति त उतै सहिद भएका छन् भने कति अपाङ्ग भएर यही बाटो फर्किएका छन् । तर पनि परिवर्तन पछि बन्ने सरकारबाट गुरु योजना सहितको गतिलो आयोजना मार्फत समस्या सधैंका लागि हल गर्ने उपाय नखोजिँदा समस्या जस्ताको त्यस्तै नै देखिन्छ ।

हालको पहिरो कहिलेसम्म खुल्छ?

हाल पहिरोले अवरुद्ध भएको सडक भने विहिबार अबेर रातिसम्म खुल्न सक्ने सम्बन्धित ट्राफिक प्रहरीहरुले बताएका छन् । पहिरो पन्छाउने क्रम भने अहिले जारी नै छ । हाललाई समस्याको समाधान भए पनि यसको दीर्घकालीन समाधान खोज्नु अत्यन्त जरुरी देखिन्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज