छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम
जेठ २४,
गोपाल प्रसाद वश्याल ।
सदरमुकाम तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा तीन दिने डिजिटल एवम् वित्तीय साक्षरता र अभिप्रेरणामूलक सन्देश कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कक्षा ९ र १० का ६४ जना विद्यार्थीहरू र ३० जना शिक्षकहरू सहभागी भएको यस कार्यक्रममा डिजिटल साक्षरतासम्बन्धि अभिमुखीकरण कार्य विद्यालयका कम्प्युटर विभाग संयोजक ईञ्जिनियर तिलक राम भण्डारीले आधारभूत सञ्चालन सिप, इन्टरनेटको सहायताबाट गरिने क्रियाकलाप, अनलाइन सञ्चार र सुरक्षित प्रयोगजस्ता डिजिटल साक्षरताका चार आधारभूत तत्वहरूको सविस्तार प्रस्तुति गर्दै यसका लागि डिजिटल साधनको पहुँच र सञ्चालन सिप विकास गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सुरक्षित मोबाइल सिकाइको प्रयोगात्मक अभ्यास प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन डा.झपेन्द्र ढकाल, ईञ्जिनियर लक्ष्मण गैरे र पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष एवम् यु...







