माघ २१,
नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।
पुस १०,
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा स्ववियुको आयोजनामा विभिन्न सङ्कायका प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। कार्यक्रम स्ववियु अध्यक्ष मिलन घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले विद्यार्थीहरूलाई स्वागत गर्दै अनुशासित भई अध्ययनमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिहरू तथा क्याम्पसका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।
उत्प्रेरणामूलक वक्ता रमेश अर्यालले जीवन सफलताका सूत्रहरू प्रस्तुत गर्नुभयो। विद्यार्थीहरूलाई टीका, पुष्पगुच्छा र उपहार प्रदान गर्दै शब्द, सिर्जना, सङ्गीत तथा नृत्यमार्फत स्वागत गरिएको थियो।
...
पुस १०,
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गतेसम्म हुने आठौँ बागलुङ महोत्सवको तयारीअन्तिम चरणमा पुगेको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बागलुङ निर्माणको आधार’ भन्ने नारासहित महोत्सव बागलुङ नगरपालिका-१ बाङ्गेचौर खेलमैदानमा आयोजना हुनेछ।
महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् भने स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ। उद्धघाटन पुस ११ गते झाँकीसहित हुनेछ। करिब ८ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब ५० लाख रुपैयाँ आम्दानी गर्ने आयोजकले जनाएको छ ।...
पुस ९,
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आज बुझाएको ज्ञापनपत्रमा जेजनी आन्दोलनको भावनाअनुसार, नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरिएको छ । १३ बुँदे माग राखिएको ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ, ‘वर्तमान अन्तरिम सरकारलाई भङ्गगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ ।’
जेनजी आन्दोलनमा दोषीलाई कारबाही गर्न माग गरिएको छ । त्यससँगै भदौ २४ गते भएको आगजनीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न विप्लवले माग गरेका छन् । त्यस्तै, भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्न, संविधानको पुनर्लेखन गर्न पनि उनले माग गरेका छन् । आफूले राखेका माग १० दिनभित्र पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी दिइएको छ ।...
बागलुङ, पुस ७ -
जातीय समता समाज जिल्ला समिति बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार चयन भएका छन्। काठेखोला गाउँपालिका–४ तंग्राममा सम्पन्न छैठौँ जिल्ला भेलाले १५ सदस्यीय ११ पूर्ण, ४ वैकल्पिक० जिल्ला समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा रनबहादुर वि.क. सचिवमा टिका संगम वि.क., कोषाध्यक्षमा शेरबहादुर वि.क.र सहसचिवमा विष्णुकली दर्जी चयन भएका छन्। भेलापछि ५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ।
भेलामा २५० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्माले जातीय विभेद अन्त्यका लागि दलित समुदायको एकताबद्ध र सशक्त आन्दोलन आवश्यक रहेको बताए।...
पुस ६,
जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्य सहित ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुंगानालाई आन्दोलन समिति संयोजक चयन गरेको छ। ललितपुरको झम्सिखेलमा भएको बैठकले कार्यकारी समिति विस्तारको जिम्मा मिरज ढुंगाना, अजय सोडारी र सुनिल सिंहलाई दिएको छ भने सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन्।
वर्तमान सरकारले आन्दोलनको भावना अनुसार काम नगरेको आरोप लगाउँदै समितिले सरकार अपदस्थ गर्ने चेतावनी दिएको छ। सर्वपक्षीय सरकार, संविधान पुनर्लेखन र संशोधनको मागसहित भोलि दिउँसो १ बजे डिल्लीबजारमा पत्रकार सम्मेलन आयोजना गरिने जनाएको छ।...
पुस ५,
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदानस्थल थप गरेको छ ।
यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिने आयोगले जनाएको छ ।
...
पुस ४,
अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम रोक्ने निर्णय गरेको छ। ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणाली सुधारको आवश्यकता रहेको दाबी गर्दै यो निर्णय लिएको हो। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले तत्काल कार्यक्रम स्थगित गर्ने घोषणा गरेकी छिन्।
यो निर्णय हालै ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडिएको छ। काण्डका मुख्य संदिग्ध, क्लाउडियो मानुएल नेभेस भालेन्ते, जो ९४८ वर्षका पोर्चुगिज नागरिक हुन्, सन् २०१७ मा यस कार्यक्रम मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए।
सन् १९९० को दशकमा सुरु भएको यस कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ।...
पुस ४,
जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई जमानतमा रिहा गरेको छ। उनलाई ३ करोड ७४ लाख ८४ हजारको बैंक जमानत बुझाएर छुटाइएको हो। रवि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाने तयारीमा थिए, तर गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान रोकियो। त्यसपछि उनी भरतपुर हुँदै रुपन्देही पुगे।
उच्च अदालत बुटवलको न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलले सुप्रिम सहकारी ठगी मुद्दामा उनलाई थुनामुक्त गर्ने आदेश दिएका थिए। रविको पक्षमा उनका समर्थकहरूले देशभर प्रदर्शन समेत गरेका छन्।...