अमेरिकाले डीभी रोक्ने

पुस ४,
अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम रोक्ने निर्णय गरेको छ। ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणाली सुधारको आवश्यकता रहेको दाबी गर्दै यो निर्णय लिएको हो। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले तत्काल कार्यक्रम स्थगित गर्ने घोषणा गरेकी छिन्।

यो निर्णय हालै ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडिएको छ। काण्डका मुख्य संदिग्ध, क्लाउडियो मानुएल नेभेस भालेन्ते, जो ९४८ वर्षका पोर्चुगिज नागरिक हुन्, सन् २०१७ मा यस कार्यक्रम मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए।

सन् १९९० को दशकमा सुरु भएको यस कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज