पुस ९,
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आज बुझाएको ज्ञापनपत्रमा जेजनी आन्दोलनको भावनाअनुसार, नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरिएको छ । १३ बुँदे माग राखिएको ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ, ‘वर्तमान अन्तरिम सरकारलाई भङ्गगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ ।’
जेनजी आन्दोलनमा दोषीलाई कारबाही गर्न माग गरिएको छ । त्यससँगै भदौ २४ गते भएको आगजनीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न विप्लवले माग गरेका छन् । त्यस्तै, भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्न, संविधानको पुनर्लेखन गर्न पनि उनले माग गरेका छन् । आफूले राखेका माग १० दिनभित्र पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी दिइएको छ ।