ट्रेन्डिङ

आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
फागुन २२ आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सेयर बजारमा गिरावट जारी : नेप्से २५ अंकले घट्यो

सेयर बजारमा गिरावट जारी : नेप्से २५ अंकले घट्यो

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
फागुन २१ बुधबारको सेयर बजारमा नेप्से परिसूचक २५.१६ अंक घटेर २८२१ अंकमा पुगेको छ। यो गिरावटसँगै बजारको कारोबार रकम १० अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिनको १२ अर्ब ९४ करोड रुपैयाँको कारोबारभन्दा कम हो। यसरी तीन दिनदेखि लगातार बजारमा गिरावट आइरहेको छ, जसमा कुल ६९ अंकको गिरावट आएको छ। बुधबार ६२ कम्पनीहरूको मूल्यमा वृद्धि भएको भएता पनि १७४ कम्पनीको मूल्य घटेको छ। व्यापार बाहेक सबै क्षेत्र घटेका छन्। व्यापार क्षेत्रले मात्र ०.४३ प्रतिशतको वृद्धि देखाएको छ।बैंकिङ, विकास बैंक, फाइनान्स, होटल र पर्यटन, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका प्रमुख सेक्टरमा १ देखि १.५ प्रतिशतसम्मको गिरावट आएको छ। .सबैभन्दा ठूलो कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको कारोबार ९६ करोड रुपैयाँ पुगेको छ। त्यसपछि नेपाल पुनर्बीमा, सगरमाथा जलविद्युत्, एनआरएन इन्फ्रास्ट...
पुरुष प्रधानमन्त्री कप तीन ठाउँमा हुने

पुरुष प्रधानमन्त्री कप तीन ठाउँमा हुने

खेलकुद, ट्रेन्डिङ, समाचार
फागुन २१ पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि तीनवटा ठाउँ निर्धारण गरिएको छ। यस पटकको प्रधानमन्त्री कप भैरहवाको सिद्धार्थ रंगशाला, बुटबलको एक्ट्राटेक ओभल अन्तर्राष्ट्रिय रंगशाला र दाङको देउखुरी क्रिकेट रंगशाला हुनेछ। नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार स्थानसहित तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म हुनेछ।...
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २१ गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् । त्यसैगरी, मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह गरेका छन ।...
सुनको भाउ आज ९ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ९ सय रुपैयाँले बढ्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ब्यापार, शेयर बजार, समाचार
फागुन २१ सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ । सुनको भाउ ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज