ट्रेन्डिङ

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
आज सेयर बजार परिसूचक (नेप्से) ले झिनो गिरावट देखाएको छ। सोमबारदेखि शुरु भएको गिरावटको श्रृङ्खला आज पनि जारी रह्यो, जहाँ नेप्से ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुग्यो। आजको कारोबारमा कुल १० अर्ब १ करोड रुपैयाँको लेनदेन भएको छ। बजारमा २४ कम्पनीका सेयर मूल्य बढे, जबकि २१७ कम्पनीका मूल्य घटे। बाँकी दुई कम्पनीका मूल्य भने स्थिर रहे। बजारको समग्र स्थिति अनुसार सबै समूहका सूचकहरू घटेका छन्। विशेष गरी, अन्य समूह र इन्भेष्टमेन्ट समूहका सेयरमा धेरै गिरावट देखिएको छ। कारोबार रकमका हिसाबले हिमालयन रि-इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँका साथ अगाडि छ।यसको साथै, कारोबार सङ्ख्यामा गार्डियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ।...
पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागु्न २५ पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं पुगेका छन् । ज्ञानेन्द्र आज त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई पोखरमा राजावादीहरुले पञ्चेबाजासहित बिदाई गरेका थिए । काठमाडौंमा पूर्वराजालाई आज भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि ठुलो सख्यांमा समर्थकहरू जम्मा थिए । उनलाई राप्रपा, राप्रपा नेपाल लगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले स्वागत गरेका हुन् ।  स्वागतको लागी त्रिभुवन विमानस्थल बाहिर ठूलो संख्यामा भीड थियो ।...
नारी दिवस कप नेपालले आज नामिबियासँग खेल्दै

नारी दिवस कप नेपालले आज नामिबियासँग खेल्दै

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २४ युगान्डामा सञ्चालन हुने नारी दिवस कप चार देशीय महिला टी-२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्दै छ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार अपराह्न ४:४५ बजे हुने खेल नेपालका लागि नामिबियाको महिला टोलीसँगको पहिलो भेट हो। शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ। सबै टोलीले एकअर्कासँग सामान दुई/दुई खेल खेल्नेछन्।  देशका लागि अहिलेसम्म च्याम्पियन ट्रफी ल्याउन नसकेकाले यसपालि त्यो खडेरी तोड्ने लक्ष्यका साथ मैदान प्रवेश गर्न लागेको कप्तान इन्दु बर्माले बताएकी छन्। यसअघिका त्रिदेशीय शृंखलामा धेरै कमजोरीहरू सुधार भएकाले अहिले नेपाली टोली उत्कृष्ट अवस्थामा रहेको पनि उनले सुनाइन्। हामी बेस्ट स्पट (उत्कृष्ट अवस्था) मा छौँ,’ इन्दु भन्छिन्, ‘भर्खरै हामीले त्रिदेशीय शृंखला खेल्यौँ। हाम...
११५औं अन्तर्राष्ट्रिय महिला दिवस आज

११५औं अन्तर्राष्ट्रिय महिला दिवस आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २४ ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउन...
चैते धानको न्यूनतम मूल्य २ हजार ८ सय ६९ पैसा तोक्ने सरकारको निर्णय

चैते धानको न्यूनतम मूल्य २ हजार ८ सय ६९ पैसा तोक्ने सरकारको निर्णय

Breaking News 2, ट्रेन्डिङ, ब्यापार, विचार, समाचार
फागुन २३ सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ६९ पैसा तोक्ने निर्णय गरेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन ।...
आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा

आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा

खेलकुद, ट्रेन्डिङ, समाचार
फागुन २३ अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ । एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुने जानकारी दिएको हो । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ । प्रतियोगिताको हरेक खेलमा विजयी टोलीलाई थप २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई १०-१० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रहेको एन्फाले जानकारी दिएको छ ।...
बालेनको घरमा पुगेर प्रचण्डले भने-हामी सबै मिलेर देश बनाउनु छ

बालेनको घरमा पुगेर प्रचण्डले भने-हामी सबै मिलेर देश बनाउनु छ

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागुन २२ पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घरमा पुगेका छन् । बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुगेका हुन् ।मेयर शाहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ। शाहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। जुन घर पालिकाले भाडामा लिएर कार्यालय संचालन गरेको हो । त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे। त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रियासमेत गरेका थिए। ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ । बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’...
भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन

भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, शेयर बजार, समाचार
फागुन २२ भुक्तानी प्रणालीमा निम्तिन सक्ने प्रविधि जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरु ल्याएको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै प्रविधि जोखिमलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानीसम्बन्धी व्यवस्थाहरु थप गरेको केन्द्रीय बैंकले जनाएको छ । भुक्तानी प्रणाली संस्थाले प्रयोग गर्ने विभिन्न प्रणालीमा हुनसक्ने साइबर आक्रमण, डेटा कन्फिडेन्टिलिटी ब्रिज, सिस्म भल्नेरिबिलिटिज, सिस्टम अपरेसन्स फेलियर अन्तरआवद्धताबाट उत्पन्न हुने जोखिम, डेटा इन्टिग्रेटीसम्बन्धी जोखिम साथै इन्डस्ट्री स्ट्यान्डर्डस ९जस्तै आईओएस २७००१, आईओएस २०२२ मेसेजिङ स्ट्यान्डर्ड आदि० को अनुपालाना नगर्दा उत्पन्न हुन सक्ने जोखिमलगायतका विषयलाई प्रविधि जोखिमका रुपमा परिभाषित गर्नुपर्नेछ।...
सुनको मूल्य सामान्य बढ्यो

सुनको मूल्य सामान्य बढ्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार
फागुन २२ सुनको भाउ ३०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।  
जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २२ नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज