आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा

फागुन २३
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ । एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुने जानकारी दिएको हो । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।

प्रतियोगिताको हरेक खेलमा विजयी टोलीलाई थप २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई १०-१० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रहेको एन्फाले जानकारी दिएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज