ट्रेन्डिङ

१९ हजार पाँच सय ५० पुग्यो श्रमिकको तलब

१९ हजार पाँच सय ५० पुग्यो श्रमिकको तलब

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन २, श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । यो पहिलेको भन्दा दुई हजार दुई सय ५० रुपैयाँले बढी हो । यसअघि श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो । नयाँ पारिश्रमिक हिजो साउन १ गतेदेखि नै लागू भएको सरकारले जनाएको छ । चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेर पछि निर्धारण हुने बताइएको छ ।  ...
आज साउने सङ्क्रान्ति पर्व लुतो फालेर मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व लुतो फालेर मनाइँदै

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १, आज साउने सङ्क्रान्ति पर्व  देशभर स्नान, दान एवम् आफन्त जम्मा भई  साझपख अध्यारो भैसकेपछि घरको आगनीको (मैरी) मझेरीमा पुजा आजा गरी लुतो फालेर रमाइलो गरी मनाइँदैछ । धेरै नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलो लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएको हुँदा आज देशभर साउने सङ्क्रान्तिका रुपमा ...
तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३२, पाल्पाको तिनाउ-५, चर्चरे नजिकै गएको पहिरो व्यवस्थापन हुनँ नसक्दा सडक जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरे नजिकै डुम्रे खोलामा खसेको पहिरोको उचित व्यवस्थापन नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको हो । सिद्धार्थ राजमार्गको तल्लो भाग डुम्रे खोलादेखि खसेको पहिरो समयमै व्यवस्थापन हुन नसकेपछि एक महिनाएता राजमार्ग जोगाउन प्लास्टिक बिछ्याइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मत सुधारकोलागी भनी ६ महिनाअघि भगवती कन्ट्रक्सन बुटवललाई एक करोड ३१ लाख ६९ हजार रुपैँयामा ठेक्का दिइएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।  पहिरो रोक्नका लागि काम गर्दै गर्दा गाउँपालिकाबाट खोला क्षेत्रमा काम गर्न अनुमति नदिँदा समस्याले ठूलो रुप लिएको सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । सिद्धार्थ राजमार्ग अन्य क्षेत्रमा खासै समस्या नभएप...
“है माया” ले चर्चा कमाउँदै

“है माया” ले चर्चा कमाउँदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
असार ३२, पाल्पाली गायक रुपेश कार्कीको गीत "है माया" को चर्चा दिन प्रतिदन बढ्दै गएको छ । लोक तथा दोहोरी गित प्रीतष्ठान पाल्पाका उपाध्यक्ष रुपेश कार्कीको लोकगीत "है माया" बजारमा सार्वजनिक भएसँगै चर्चा बटुलिरहेको छ । रुपेश कार्की युटुटुव च्यानलबाट सार्वजनिक भएको गीत अहिले ३७ हजारभन्दा बढी भ्यू पुगेको छ भने टिकटकमा समेत राम्रो चर्चा कमाएको देखीन्छ । रुपेश कार्की र गुञ्जना मगरको प्रस्तुतीको रुपमा रहेको ठट्यौली पाराको गीत राम्रो रहेको दर्शकहरुले टिकटक, फेशबुक र युट्युवमा प्रतिक्रिया दिएका छन् ।...
सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार ३२, भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिएपनि साँझ मृत्यु भएको थियो ।
पहिरोमा पुरिएर श्रीमान/श्रीमतीको मृत्यु

पहिरोमा पुरिएर श्रीमान/श्रीमतीको मृत्यु

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार ३२, पहिरोमा पुरिएर श्रीमान/श्रीमतीको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको हो । हिजो बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।...
पेट्रोलियम पर्दाथको मूल्य घट्यो

पेट्रोलियम पर्दाथको मूल्य घट्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३२, नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँको दरले घटाएको हो ।  
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार ३१, देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरोको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार २९ आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको कारण बाढी, पहिरोको जोखिम भएको हुदाँ आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।  
चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन

चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २८, साउन १ गतेदेखि अर्को आदेश नभएसम्म चुनढुंगा सामग्री उत्खनन र ओसार पसार कार्य रोक्न डिभिजन वन कार्यालय पाल्पाले निर्देशन दिएको छ । चुनढुंगा खानीबाट वर्षात्को समयमा उत्खनन तथा ओसार पसार गर्दा मुख्य तथा सहायक सडक समेतका पूर्वाधारमा पुर्‍याउने क्षति, सडक दुर्घटनाबाट निम्त्याउन सक्ने समस्या देखिएकाले उत्खनन र ओसार पसारमा रोक लगाउने निर्णय गरेको हो । वर्षातमा बाढी पहिरोका कारण सिमेन्ट उद्योगका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने चुनढुंगा उत्खनन क्षेत्रमा हेभी इक्वेपमेन्ट आवत जावत गर्दा सडक बिग्रने डिभिजन वन कार्यालयले जनाएको छ ।स्थानीय बासिन्दा तथा ओसार पसार गर्ने क्षेत्रका नागरिकको गुनासोलाई समेत मध्य नजर गरेर रोक लगाइएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज