चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन

असार २८,
साउन १ गतेदेखि अर्को आदेश नभएसम्म चुनढुंगा सामग्री उत्खनन र ओसार पसार कार्य रोक्न डिभिजन वन कार्यालय पाल्पाले निर्देशन दिएको छ । चुनढुंगा खानीबाट वर्षात्को समयमा उत्खनन तथा ओसार पसार गर्दा मुख्य तथा सहायक सडक समेतका पूर्वाधारमा पुर्‍याउने क्षति, सडक दुर्घटनाबाट निम्त्याउन सक्ने समस्या देखिएकाले उत्खनन र ओसार पसारमा रोक लगाउने निर्णय गरेको हो । वर्षातमा बाढी पहिरोका कारण सिमेन्ट उद्योगका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने चुनढुंगा उत्खनन क्षेत्रमा हेभी इक्वेपमेन्ट आवत जावत गर्दा सडक बिग्रने डिभिजन वन कार्यालयले जनाएको छ ।स्थानीय बासिन्दा तथा ओसार पसार गर्ने क्षेत्रका नागरिकको गुनासोलाई समेत मध्य नजर गरेर रोक लगाइएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज