साउन २०,
एक तोला सुनको मूल्य झन्डै दुई लाख नजिक पुगेको छ। आज १९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको हो। मंगलबार सुनको मूल्य बढेर तोलाको १ लाख ९८ हजार ५०० सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
२० श्रावण २०८२, सोमबार२० श्रावण २०८२, सोमबार२० श्रावण २०८२, सोमबार by Bihani PostNo Comments
साउन १९,
हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् बताएका छन् ।
देशका धेरैजसो ठाउँमा पानी परेपछि धान रोप्न बाँकी रहेका खेतहरूमा रोपाइँ भइरहेको छ । धान रोपिसकेका किसानलाई पनि सिँचाइको राहत पुगेको छ । मौसमविद्का अनुसार तराई मधेशमा भोलिदेखि घाम लाग्ने सम्भावना छ । पहाडी क्षेत्रमा भने भोलि पनि सामान्य वर्षाको सम्भावना छ ।
...
१९ श्रावण २०८२, आईतवार१९ श्रावण २०८२, आईतवार१९ श्रावण २०८२, आईतवार by Bihani PostNo Comments
साउन १८,
जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ । अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी नदी तथा रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ । अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद् कडेलले जानकारी दिएका छन् । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ...
१९ श्रावण २०८२, आईतवार१९ श्रावण २०८२, आईतवार१९ श्रावण २०८२, आईतवार by Bihani PostNo Comments
साउन १८,
देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
१८ श्रावण २०८२, शनिबार१८ श्रावण २०८२, शनिबार१८ श्रावण २०८२, शनिबार by Bihani PostNo Comments
साउन १७,
तानसेनस्थित टुँडिखेल मैदानमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकास सँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा पुुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् ।
खेल श्रीनगर भलिबल क्लवको आयोजनामा यही साउन २८ गतेदेखि भदौ १ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।...
१८ श्रावण २०८२, शनिबार१८ श्रावण २०८२, शनिबार१८ श्रावण २०८२, शनिबार by Bihani PostNo Comments
साउन १७,
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा कम्युटर बिज्ञान तथा सूचना प्रबिधि विएस्सी सिएस आइटी पढाइ हुने भएको छ । पछिल्लो समय पुराना बिषयहरु प्रती विद्यार्थीहरुको आकर्षण घट्दै गइरहेको अबस्थामा त्रिभुवन बहुमुखी क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि बिषय पढाई हुन लागेको हो ।
बिबिएमा देशमै प्रथम हुन सफल यस क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधी कार्यक्रमलाई समेत उत्कृष्ट बनाउने गरि तयारी गरिएको क्याम्पस प्रमुख डाक्टर टंक प्रसाद पन्थले बताउनुभयो । उहाँले देशको माग अनुसार घरमै बसेर लाखौं आम्दानी गर्न सकिने बिषय यस क्याम्पसमा आएकाले यस क्षेत्रका विद्यार्थीहरु अब काठमाडौ बुटवल आइटी पढ्नैका लागि जान नपर्ने बताउनुभयो । क्याम्पस प्रमुख पन्थका अनुसार पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङसम्मका बिद्यार्थीहरु लाभान्वित हुनेछ्न । पछिल्लो समय बिधालय, सरकारी कार्यालय, कम्पनी ,...
१८ श्रावण २०८२, शनिबार१८ श्रावण २०८२, शनिबार१८ श्रावण २०८२, शनिबार by Bihani PostNo Comments
साउन १७,
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा तराई भुभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको हुँदा आवशयक सर्तकता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।
...
१७ श्रावण २०८२, शुक्रबार१७ श्रावण २०८२, शुक्रबार१७ श्रावण २०८२, शुक्रबार by Bihani PostNo Comments
साउन १६,
कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार ; खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।...
१७ श्रावण २०८२, शुक्रबार१७ श्रावण २०८२, शुक्रबार१७ श्रावण २०८२, शुक्रबार by Bihani PostNo Comments
साउन १६,
नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँले बढाएको छ ।
खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ ।
अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्ने निगमले जनाएको छ ।
१६ श्रावण २०८२, बिहीबार१६ श्रावण २०८२, बिहीबार१६ श्रावण २०८२, बिहीबार by Bihani PostNo Comments
साउन १५,
आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।
साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउछन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ ...