त्रिभुवन बहुमुखी क्याम्पसमा अब विएस्सी सिएस आइटी पढाइ हुने

साउन १७,
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा कम्युटर बिज्ञान तथा सूचना प्रबिधि विएस्सी सिएस आइटी पढाइ हुने भएको छ । पछिल्लो समय पुराना बिषयहरु प्रती विद्यार्थीहरुको आकर्षण घट्दै गइरहेको अबस्थामा त्रिभुवन बहुमुखी क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि बिषय पढाई हुन लागेको हो ।

बिबिएमा देशमै प्रथम हुन सफल यस क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधी कार्यक्रमलाई समेत उत्कृष्ट बनाउने गरि तयारी गरिएको क्याम्पस प्रमुख डाक्टर टंक प्रसाद पन्थले बताउनुभयो । उहाँले देशको माग अनुसार घरमै बसेर लाखौं आम्दानी गर्न सकिने बिषय यस क्याम्पसमा आएकाले यस क्षेत्रका विद्यार्थीहरु अब काठमाडौ बुटवल आइटी पढ्नैका लागि जान नपर्ने बताउनुभयो । क्याम्पस प्रमुख पन्थका अनुसार पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङसम्मका बिद्यार्थीहरु लाभान्वित हुनेछ्न । पछिल्लो समय बिधालय, सरकारी कार्यालय, कम्पनी , बैंक तथा बित्तीय संस्थाहरुमा कम्प्युटर तथा सूचना प्रबिधि प्रबिधिकहरुको माग रहेकाले समयको माग अनुसारको कार्यक्रम ल्याइएको हो ।

निबर्तमान क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले बिश्व बिद्यालयको क्षेत्राधिकार भित्र रहेर उत्कृष्ट नतिजा दिएर बिषयबिज्ञ प्राध्यापक ल्याइ अध्यापन हुने बताउनुभयो । उहाँले लामो प्रयासका बीच कार्यालय ल्याउन सफल भएको धारणा राख्नुभयो । ३६ जना विद्यार्थी कोटा रहेको कार्यक्रममा ८ सेमेस्टर अध्ययन पूरा गर्न करिब ४ लाख खर्च लाग्ने छ । पुरानो शैक्षिक हबको रुपमा रहेको तानसेनलाई नयाँ प्राबिधिक शिक्षाले शैक्षिक चहलपहल वृद्धि गर्ने छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज