लुम्बिनी

बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार २९ आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको कारण बाढी, पहिरोको जोखिम भएको हुदाँ आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।  
चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन

चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २८, साउन १ गतेदेखि अर्को आदेश नभएसम्म चुनढुंगा सामग्री उत्खनन र ओसार पसार कार्य रोक्न डिभिजन वन कार्यालय पाल्पाले निर्देशन दिएको छ । चुनढुंगा खानीबाट वर्षात्को समयमा उत्खनन तथा ओसार पसार गर्दा मुख्य तथा सहायक सडक समेतका पूर्वाधारमा पुर्‍याउने क्षति, सडक दुर्घटनाबाट निम्त्याउन सक्ने समस्या देखिएकाले उत्खनन र ओसार पसारमा रोक लगाउने निर्णय गरेको हो । वर्षातमा बाढी पहिरोका कारण सिमेन्ट उद्योगका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने चुनढुंगा उत्खनन क्षेत्रमा हेभी इक्वेपमेन्ट आवत जावत गर्दा सडक बिग्रने डिभिजन वन कार्यालयले जनाएको छ ।स्थानीय बासिन्दा तथा ओसार पसार गर्ने क्षेत्रका नागरिकको गुनासोलाई समेत मध्य नजर गरेर रोक लगाइएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार २७, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। अहिले मनसुनी वायुको प्रभाव कायमै छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाको कारण बाढी, पहिरोको जोखिम भएको हुदाँ तथा ठुला तथा साना खोला नालहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।  ...
सिद्धबाबामा पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

सिद्धबाबामा पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २४, पाल्पाको तिनाउ ३ सिद्धबाबा मन्दिर नजिकै गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ भने एक घाइते भएका छन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका- ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएकाे प्रहरी उपरीक्षक मल्लले बताउनुभयाे । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीकाे मृत्यु भइसकेकाे थियाे । पहिरोमा परी घाइते चापागाईको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले साे क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेकाे छ । पानी परेकाे ब...
युवतीलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

युवतीलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २३, युवतीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा वडा नं.१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्कीले पाल्पाकै २३ वर्षीय नाम परिवर्तित ०८०/०८१  ४७ (ट)  युवतीलाई २०८० पुस २० गते शुक्रबार अपराह्न जबर्जस्ती करणी गरेका थिए।  युवतीको आमाले पुस २२ गते दिएको जाहेरी दिएकी थिइन्। उनलाई तानसेन नगरपालिका वडा नं.४ लहरेपिपलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आरोपित करिब डेढ वर्षपछि आइतबार पक्राउ परेका हुन्।...
छोरा द्धारा बुबाको हत्या

छोरा द्धारा बुबाको हत्या

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, समाचार
असार २३, टिभी हेर्न नदिएको भन्दै बाँके जिल्लामा छोराले बुबाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिकामा ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको हत्या गरेका हुन् । बुबाले टिभी हेर्न नदिएको भन्दै भविलालले धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेका हुन् । बुबाको हत्या गरेर भविलाल फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । उनी लागूऔषध सेवनकर्ता रहेका बताइएको छ ।...
देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार २३, अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको विभिन्न भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले पाल्पा आसपासका क्षेत्रमा मौसम सफा छ । तर दिउँसो देशका विभिन्न ठाउँ सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाश...
श्रीनगर पर्यटन व्यवस्थापन समितिको संयुक्त बैठक सम्पन्न

श्रीनगर पर्यटन व्यवस्थापन समितिको संयुक्त बैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २२, जयराम सापकोटा । श्रीएकीकृत श्रीनगर पर्यापर्यटन सामुदायिक वन उपभोक्ता समूह र तानसेन नगरपालिकाको समन्वयमा गठित श्रीनगर पर्यटन व्यवस्थापन समितिको संयुक्त बैठक तानसेनको श्रीनगरमा सम्पन्न भएको छ। बैठक समिति संयोजक सागरमान वज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले श्रीनगर क्षेत्रको पर्यटन व्यवस्थापनलाई व्यवस्थित गर्न दीर्घकालीन कार्ययोजना निर्माण गर्ने, बहुवर्षीय परियोजनाका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन तयार गर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र आगामी योजनाहरुलाई संयुक्तरूपमा अघि बढाउने निर्णयहरू पारित गरेको छ। श्रीनगर पर्यापर्यटन व्यवस्थापन समितिका संयोजक सागरमान वज्राचार्यको अध्यक्षतामा सम्पन्न वैठकले श्रीनगरलाई कसरि व्यवस्थित गर्ने भन्ने वारे कार्ययोजना तयार गर्ने र वहुवर्षिय परियोजनाका लागी आई ई ए तयार गर्ने, आवस्यक कर्मचारी राख्ने र संयुक्त रुपमा भावि योजन...
गोर्खेकोट देउरालीमा खुला व्यायामशालाको उद्घाटन

गोर्खेकोट देउरालीमा खुला व्यायामशालाको उद्घाटन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २१, जयराम सापकोटा । तानसेन नगरपालिका वडा नं.१ अन्तर्गत गोर्खेकोट देउरालीमा निर्माणाधीन खुला व्यायामशालाको उद्घाटन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका माननीय स्वास्थ्य मन्त्री खेमबहादुर सारुले दीप प्रज्वलन गरी व्यायामशालाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा, भुसलडाँडा मावीका सहप्राध्यापक सुन्दर श्रेष्ट, न्यु एकता क्लवका निवर्तमान अध्यक्ष नारायण न्यौपाने, नेकपा एमाले नगरकमिटि अध्यक्ष गुराँस आत्रेय, वडानम्वर १ का वडाध्यक्ष शुनिल कुमार वस्याल लगायतले स्वाथ्य मन्त्रीलाई व्यायमशाला निर्माणका लागी वजेट विनियोजन गरिदिनु भएकोमा धन्यवाद दिदै, खुल्लाव्यायम शालालाई ओतलाग्ने ट्रस निर्माण एवं ट्बाइलेट निमार्ण गर्न तथा भुसलडाँडा मावीमा आवश्यक पुर्वाधार वारे विद्यालयको अवलोकन गर्न र भुसलडाँडा क्षेत्रमा क्रियापुत्री भवन निर्माणका लागी वजेट विनियोजन गरिदिन अनुरोध गरेका थिए । भने वक्ताहरुले मिशन हस्...
गायक रुपेश कार्कीको “है माया” गित सार्वजनिक

गायक रुपेश कार्कीको “है माया” गित सार्वजनिक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
असार २०, जयराम सापकोटा । गायक रुपेश कार्कीको "है माया" गित सार्वजनिक भएको छ । पाल्पाकै सुन्दर नगरि तानसेनमा लोक संस्कृतिमा आधारित "है माया" वोलको टिपिकल झ्याउरे गित बिहिबार एक समारोहविच लोकार्पण भएको हो। राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पाका प्रथम उपाध्यक्ष युवा कलाकार रुपेश कार्कीको रचना तथा उहाँकै शव्द संगितमा तयार लोकगितमा स्वर गुन्जना मगर र यशोदा कार्कीको साथ छ । तानसेनका विभिन्न ठाउमा छायाँङकन गरिएको "है माया" गितमा निर्देशन सुमन थापाले गरेका छन् भने छायाँङकनमा करन चैसरले साथ दिएका छन् । यसै गरि गितको व्याग साइडमा साहराकला केन्द्र, राजमन्जुश्री कला केन्द्र र छमछम कलाकेन्द्रका भाइबहिनीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका छन । लोक संस्कृतिमा निर्मित झ्याउरे गित असार १९ गते विहिवार दिउसो ४:३० वजे लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री खेम सारुको प्रमुख आतिथ्यता ए...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज