सिद्धबाबामा पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

असार २४,
पाल्पाको तिनाउ ३ सिद्धबाबा मन्दिर नजिकै गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ भने एक घाइते भएका छन् ।

मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका- ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएकाे प्रहरी उपरीक्षक मल्लले बताउनुभयाे । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीकाे मृत्यु भइसकेकाे थियाे ।

पहिरोमा परी घाइते चापागाईको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले साे क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेकाे छ । पानी परेकाे बेलामा जुनसुकै बेलामा पहिराे खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गर्दै आएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज