Breaking News 2

अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २८ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुको उपस्थीतिमा अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक तम्घासमा सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुले पार्टीले लिएको नीतिलाई अवलम्वन गर्दै गाउँसम्म जानुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला संयोजक गीता थापाको अध्यक्षतामा भएको बैठकले आगामी चैत २० मा नेपालगञ्जमा हुने लुम्बिनी प्रदेशको सम्मेलनलाई सफल बनाउनका लागि प्रचार-प्रसार गर्ने र जिल्लाबाट ६० जना प्रतिनिधि पठाउने निर्णय भएको हो ।...
अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

Breaking News 2, अर्थ, ट्रेन्डिङ, विचार, समाचार
फागुन २७ अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी गराएका छन । यूएसएडअन्तर्गत हाललाई ५ हजार २ सय सम्झौता रद्द गरिएको जनाउँदै विदेशमन्त्री रुबियोले यूएसएडअन्तर्गत अरर्बौंं डलर खर्च भइरहेको बताउँदै यसले अमेरिकालाई ठुलो नोक्सान पुर्‍याएकाले ५ हजार बढी सम्झौता रद्द गरेको बताएका छन । साथै उनले संसादहरुसँगको परामर्शमा १८ प्रतिशत कार्यक्रम भने जारी राख्ने बताए । अमेरिकाको यो निर्णयले यूएसएड परियोजनाअन्तर्गत अनुदान लिइरहेका थुप्रै राष्ट्रहरु मारमा पर्ने निश्चित छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
फागुन २६ अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले हिमाली र पहाडी क्षेत्रमा मौसम बदली र तराईमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भएकाले केही दिनदेखि काठमाण्डौ उपत्यकाहित देशका धेरै ठाउँमा बादल लाग्ने र बेलुकीपख हावाहुरीसहित छिटपुट पानी पर्ने गरेको छ ।...
पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागु्न २५ पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं पुगेका छन् । ज्ञानेन्द्र आज त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई पोखरमा राजावादीहरुले पञ्चेबाजासहित बिदाई गरेका थिए । काठमाडौंमा पूर्वराजालाई आज भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि ठुलो सख्यांमा समर्थकहरू जम्मा थिए । उनलाई राप्रपा, राप्रपा नेपाल लगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले स्वागत गरेका हुन् ।  स्वागतको लागी त्रिभुवन विमानस्थल बाहिर ठूलो संख्यामा भीड थियो ।...
चैते धानको न्यूनतम मूल्य २ हजार ८ सय ६९ पैसा तोक्ने सरकारको निर्णय

चैते धानको न्यूनतम मूल्य २ हजार ८ सय ६९ पैसा तोक्ने सरकारको निर्णय

Breaking News 2, ट्रेन्डिङ, ब्यापार, विचार, समाचार
फागुन २३ सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ६९ पैसा तोक्ने निर्णय गरेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन ।...
बुटवलमा कार र बाईक ठोक्किदा एक विद्यार्थीको मृत्यु

बुटवलमा कार र बाईक ठोक्किदा एक विद्यार्थीको मृत्यु

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २२ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोक बुटवलमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरज कार्कीले जानकारी दिए । कार्कीका अनुसार बुटवलबाट आउँदै गरेको लु५६प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा२०च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि गँभिर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको र कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानवीन अगाडी बढाइएको प्रहरीले जनाएको छ ।...
पाल्पाको रिब्दीकोटमा डढेलोबाट चार सामुदायिक वनमा क्षति

पाल्पाको रिब्दीकोटमा डढेलोबाट चार सामुदायिक वनमा क्षति

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २२ पाल्पाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडाको जङ्गलमा अस्ति मङ्गलवार दिउँसोदेखि लागेको डढेलो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । डढेलोका कारण झन्डै एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागिपरेका छन् ।...
भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन

भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, शेयर बजार, समाचार
फागुन २२ भुक्तानी प्रणालीमा निम्तिन सक्ने प्रविधि जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरु ल्याएको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै प्रविधि जोखिमलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानीसम्बन्धी व्यवस्थाहरु थप गरेको केन्द्रीय बैंकले जनाएको छ । भुक्तानी प्रणाली संस्थाले प्रयोग गर्ने विभिन्न प्रणालीमा हुनसक्ने साइबर आक्रमण, डेटा कन्फिडेन्टिलिटी ब्रिज, सिस्म भल्नेरिबिलिटिज, सिस्टम अपरेसन्स फेलियर अन्तरआवद्धताबाट उत्पन्न हुने जोखिम, डेटा इन्टिग्रेटीसम्बन्धी जोखिम साथै इन्डस्ट्री स्ट्यान्डर्डस ९जस्तै आईओएस २७००१, आईओएस २०२२ मेसेजिङ स्ट्यान्डर्ड आदि० को अनुपालाना नगर्दा उत्पन्न हुन सक्ने जोखिमलगायतका विषयलाई प्रविधि जोखिमका रुपमा परिभाषित गर्नुपर्नेछ।...
सुनको मूल्य सामान्य बढ्यो

सुनको मूल्य सामान्य बढ्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार
फागुन २२ सुनको भाउ ३०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।  
मानवअधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री

मानवअधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री

Breaking News 2, राजनीति, समाचार
फागुन २१ प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन् । मानवअधिकार रक्षकहरुको पाचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)को छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवअधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानवअधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने स्पष्ट पारे । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका सहिदहरुको त्याग र बलिदानबाट आज मुलुकमा मानवअधिकार सुनिश्चित भएको उल्लेख गरे । उनले भने, 'आफू स्वयंले कठोर जेल यातना भोगेकाले अहिलेको सरकारको पहिलो कर्तव्य मानव अधिकारको सुनिश्चित गर्नु हो, म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज