Breaking News 1

घाँस काट्दा रुखबाट लडेर मृत्यु

घाँस काट्दा रुखबाट लडेर मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १३ पाल्पाको बगनासकालीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली-७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराईको मृत्यु भएको हो। बुधबार बिहान ८ बजे घाँस काट्न रुखमा चढेका भट्टराई अचानक रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
चैत १२ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । देशभर भने कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ ।  ...
प्रेस चौतारीको महाधिवेसन आज बाट

प्रेस चौतारीको महाधिवेसन आज बाट

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, समाचार
चैत १० श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आज बाट सुरु हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनले  प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महत्त्वपूर्ण निर्णय गर्ने चौतारीले जनाएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए ।‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने । तीन दिनसम्म हुने महाधिवेशन को उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।...
नवलपराससी सेवा समाज ले गर्यो विद्यालयमा अक्षयकोष स्थापना

नवलपराससी सेवा समाज ले गर्यो विद्यालयमा अक्षयकोष स्थापना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
चैत ०९ सामाजिक सेवामा आफ्नो काम लाई अगाडि बढाउदै आइरहेको नवलपरासी सेवा समाज युएईले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाज ले पश्चिम नवलपरासी स्थित बर्दघाट १० मा रहेको ज्ञानज्योती माविमा अक्षयकोष स्थापना गरेको हो । गरिब तथा जेहन्दार विद्यार्थीले लाभ लिने गरी अक्षयकोष स्थापना गरिएको संस्थाका उपाध्यक्ष अतित भुषालले जानकारी दिए । उनका अनुसार अति गरिव, अशक्त तथा जेहन्दार बिद्यार्थीलाई प्रदान गर्ने गरि ५१ हजार रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नरनाथ लामिछानेले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी हुनुका साथै गरिब तथा विपन्न बालबालिकाको लागी एउटा हौसला बनेको बताए । कार्यक्रममा नवलपरासी सेवा समाज युएईका उपाध्यक्ष अतित भुषाल, कोपिला सापकोटा, प्रचार-प्रसार विभाग प्रमुख मनोज पाण्डे, साँस्कृतिक विभाग प्रमुख पार्वती पङ्ग...
स्ववियु सभापतिमा क्रान्तिकारीका मिलन विजयी

स्ववियु सभापतिमा क्रान्तिकारीका मिलन विजयी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, शिक्षा, समाचार
चैत ०७ त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ती मगर विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट उनी ३९० मत प्राप्त गरी विजय भएका हुन । निर्वाचित घर्ती मगरले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरे । सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् । यस्तै, सदस्यमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अ...
स्ववियु निर्वाचन : ६५ प्रतिशत मतदान

स्ववियु निर्वाचन : ६५ प्रतिशत मतदान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत ०६ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्यस्तै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस र शहिद बहुमुखी क्याम्पस रामपुरमा शान्तपूर्णरुपमा (स्ववियु) निर्वाचन सम्पन्न भयो । एक हजार ८ सय ९४ जना मतदाता विद्यार्थी रहेको यस त्रिभुवन बहुमुखी क्याम्पसमा एक हजार २ सय २८ मत खसेको क्याम्पस प्रमुख टंक भट्टराईले जानकारी दिए । यो ६४ दशमलव ८३ प्रतिशत मतदान हो । मत गणना आज हुँदैछ । रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा ८० दशमलव ०८ प्रतिशत मत खसेको छ । यहाँ ७ सय १३ जना मतदाता विद्यार्थी रहेकोमा ५ सय ७१ मत...
त्रिविका क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८

त्रिविका क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८

Breaking News 1, ट्रेन्डिङ, शिक्षा, समाचार
चैत ०५ त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ । सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भो...
चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : सांसद ज्वाला

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : सांसद ज्वाला

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०४ एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत भएको बताए । उनले लोक सेवाको परीक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताए। राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताएका छन । संसद्ले लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोकसेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न ल...
रुपन्देहीमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

रुपन्देहीमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत ०४ रुपन्देहीको सैनामैना वडा नं. ४ मा लागू औषध ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयले जिल्ला रुपन्देही सैनामैना –०४ निवासी बर्ष २१ का राम मल्लाहलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ भने पक्राउ परेका युवालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ । उनीमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीको भनाइ छ ।...
पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घट्यो

पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घट्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
चेत ०३ नेपाल आयल निगमले पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घटाएको छ । हिजो शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, मट्टीतेल र डिजलमा प्रतिलिटर ४/४ रुपैयाँको दरले मूल्य घटाइएको निगमले जनाएको छ ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज