चैत ०९
सामाजिक सेवामा आफ्नो काम लाई अगाडि बढाउदै आइरहेको नवलपरासी सेवा समाज युएईले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाज ले पश्चिम नवलपरासी स्थित बर्दघाट १० मा रहेको ज्ञानज्योती माविमा अक्षयकोष स्थापना गरेको हो । गरिब तथा जेहन्दार विद्यार्थीले लाभ लिने गरी अक्षयकोष स्थापना गरिएको संस्थाका उपाध्यक्ष अतित भुषालले जानकारी दिए । उनका अनुसार अति गरिव, अशक्त तथा जेहन्दार बिद्यार्थीलाई प्रदान गर्ने गरि ५१ हजार रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नरनाथ लामिछानेले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी हुनुका साथै गरिब तथा विपन्न बालबालिकाको लागी एउटा हौसला बनेको बताए ।
कार्यक्रममा नवलपरासी सेवा समाज युएईका उपाध्यक्ष अतित भुषाल, कोपिला सापकोटा, प्रचार-प्रसार विभाग प्रमुख मनोज पाण्डे, साँस्कृतिक विभाग प्रमुख पार्वती पङ्गेनी साथै नेपाल प्रतिनिधि कृष्ण बस्याल र विद्यालयका शिक्षक शिक्षकाहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा समाजका नेपाल प्रतिनिधि युवराज पुन मगर, विद्यालय व्यवस्थापन समिती अध्यक्ष चिरञ्जीवी खनाल लगायतले आ-आफ्नो धारणा राखेका थिए ।