प्रेस चौतारीको महाधिवेसन आज बाट

चैत १०
श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आज बाट सुरु हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनले  प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दैछ ।

अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महत्त्वपूर्ण निर्णय गर्ने चौतारीले जनाएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए ।‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने ।

तीन दिनसम्म हुने महाधिवेशन को उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज