लुम्बिनी

बागलुङको जैमिनीमा ४४८ कि.मी सडक निर्माण

बागलुङको जैमिनीमा ४४८ कि.मी सडक निर्माण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ७, बागलुङको जैमिनी नगरपालिकामा अहिलेसम्म ४४८ कि.मी सडक निर्माण भएको छ । आर्थिक बर्ष २०८१/८२मा ८ कि.मी सडक थप भएसँगै ४४८ कि.मी सडक पुगेको हो । यसले पालिकाका विभिन्न वडाका बस्तीसम्म आवतजावत गर्न सहयोग पुगेको छ । आर्थिक बर्ष २०८१/८२मा पालिकाको आफ्नै श्रोतबाट १.५ कि.मी सडक कालोपत्रे तथा ढलान र करिब २ कि.मी पक्की नाली निर्माण गरिएको हो ।  ...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन ६, देशभर अहिले मनसुनी वायुको प्रभाव छ। जसको प्रभावले हाल मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै ठाउँहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  ...
आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ५, साउन महिनाको पहिलो सोमबार आज , हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। शास्त्रअनुसार साउन महिनामा शिवको पुजा आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए। ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्‍याउँछ। यही कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धा...
पाल्पामा १०० जनामा डेंगु संक्रमण पुष्टि

पाल्पामा १०० जनामा डेंगु संक्रमण पुष्टि

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
साउन ५ , पाल्पामा यो वर्ष एक सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको हो। सक्रमित हुनेमा सबैभन्दा धेरै जुन महिनामा ३२ जना रहेका छन। यस्तै जुलाई महिनाको हालसम्म १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो । पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।...
पहिरोको कारण श्रीमानको मृत्यु , श्रीमती बेपत्ता

पहिरोको कारण श्रीमानको मृत्यु , श्रीमती बेपत्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ४, पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा गएको पहिरोमा पुरिएका दम्पतीमध्ये ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको छ । प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, अत्यधिक वर्षाले पहिरो खस्दा उनीहरूको घर पूर्ण रूपमा पुरिएको थियो ।छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा अझै बेपत्ता छिन्, र खोजी कार्य जारी छ । स्थानीय बासिन्दा र डिमुवा तथा कुश्माबाट खटिएका सुरक्षाकर्मीहरू सक्रिय रूपमा उद्धारमा खटिएका छन्, यद्यपि लगातारको वर्षाका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा भने समयमै घरबाट हामफालेर ज्यान जोगाउन सफल भएकी छन् ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन ४, देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा भारी देखि उच्च वर्षाको  सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।...
श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा सम्पन्न

श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ३, जयराम सापकोटा । श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा तथा १७औं अधिवेशन तानसेन नगरपालिका–१, भुसलडाँडास्थित दुर्गा भवानी मन्दिर परिसरमा भव्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मञ्जु गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वडा नं।१ का वडा सदस्य रामप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो। अधिवेशनमा संस्थाका कोषाध्यक्ष दिनेश सिंजालीले वार्षिक गतिविधि विवरण र करिब रु २,४७,२५६ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा ममता आमा समूहकी निवर्तमान अध्यक्ष लिला देवी न्यौपाने, भुसलडाँडा टोल विकास संस्थाका अध्यक्ष जयराम सापकोटा र प्रमुख अतिथि भट्टराईले शुभकामना मन्तव्य दिनुभएको थियो। अधिवेशनले चित्रकला न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ। समितिमा उपाध्यक्षमा दिनेश सिंजाली, सचिवमा लक्ष्मी अधिकारी गैरे, उपसचिवमा ल...
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार ३, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो । अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको र सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको ज्ञवालीले स्पस्ट पार्नुभयो । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्द...
आज साउने सङ्क्रान्ति पर्व लुतो फालेर मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व लुतो फालेर मनाइँदै

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १, आज साउने सङ्क्रान्ति पर्व  देशभर स्नान, दान एवम् आफन्त जम्मा भई  साझपख अध्यारो भैसकेपछि घरको आगनीको (मैरी) मझेरीमा पुजा आजा गरी लुतो फालेर रमाइलो गरी मनाइँदैछ । धेरै नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलो लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएको हुँदा आज देशभर साउने सङ्क्रान्तिका रुपमा ...
तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३२, पाल्पाको तिनाउ-५, चर्चरे नजिकै गएको पहिरो व्यवस्थापन हुनँ नसक्दा सडक जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरे नजिकै डुम्रे खोलामा खसेको पहिरोको उचित व्यवस्थापन नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको हो । सिद्धार्थ राजमार्गको तल्लो भाग डुम्रे खोलादेखि खसेको पहिरो समयमै व्यवस्थापन हुन नसकेपछि एक महिनाएता राजमार्ग जोगाउन प्लास्टिक बिछ्याइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मत सुधारकोलागी भनी ६ महिनाअघि भगवती कन्ट्रक्सन बुटवललाई एक करोड ३१ लाख ६९ हजार रुपैँयामा ठेक्का दिइएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।  पहिरो रोक्नका लागि काम गर्दै गर्दा गाउँपालिकाबाट खोला क्षेत्रमा काम गर्न अनुमति नदिँदा समस्याले ठूलो रुप लिएको सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । सिद्धार्थ राजमार्ग अन्य क्षेत्रमा खासै समस्या नभएप...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज