by Bihani Post
साउन ७,
बागलुङको जैमिनी नगरपालिकामा अहिलेसम्म ४४८ कि.मी सडक निर्माण भएको छ । आर्थिक बर्ष २०८१/८२मा ८ कि.मी सडक थप भएसँगै ४४८ कि.मी सडक पुगेको हो । यसले पालिकाका विभिन्न वडाका बस्तीसम्म आवतजावत गर्न सहयोग पुगेको छ । आर्थिक बर्ष २०८१/८२मा पालिकाको आफ्नै श्रोतबाट १.५ कि.मी सडक कालोपत्रे तथा ढलान र करिब २ कि.मी पक्की नाली निर्माण गरिएको हो ।