Breaking News 1

आजको मौसम

आजको मौसम

Breaking News 1, समाचार
भदौ २२, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहेको छ । अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू-भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भू भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २१, आज देशका पहाडी भू-भागहरूमा सामान्य बदली रही तराई तथा अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था छ । बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ...
गुल्मीमा सातामा एकपटक मात्र हवाई उडान

गुल्मीमा सातामा एकपटक मात्र हवाई उडान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २०, गुल्मीको रेसुङ्गा विमानस्थलमा झन्डै डेढ महिनापछि हवाई उडान पुनः सुरु भएको छ। प्रतिकूल मौसमका कारण अवरुद्ध भएको उडान बिहीबारबाट नेपाल वायुसेवा निगमले सञ्चालनमा ल्याएको हो । पहिले हप्तामा चार पटक हुने उडान अहिले जहाज अभावका कारण अस्थायी रूपमा मात्र हुने भएको निगमले जनाएको छ। काठमाडौँ-गुल्मी उडान बिहान ६:३० र गुल्मी-काठमाडौँ बिहान ७:३० बजे हुने छ । भाडा काठमाडौँबाट गुल्मी ७ हजार ५ सय र गुल्मीबाट काठमाडौँ ७ हजार ३ सय निर्धारण गरिएको छ । हवाई उडान सुरु भएपछि पर्यटकको चाप बढ्नुका साथै स्थानीयलाई पनि राजधानी आवतजावतमा सहज भएको छ ।...
‘हाम्रो पात्रो’ ले दर्ताका लागि दियो निवेदन

‘हाम्रो पात्रो’ ले दर्ताका लागि दियो निवेदन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २० , नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि ‘हाम्रो पात्रो’ ले सूचीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ। सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्ले भदौ ९ गते सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक व्यक्ति वा संस्थाले सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने निर्णय गरेको थियो। त्यसअनुरूप ‘हाम्रो पात्रो’ दर्ता प्रक्रियामा प्रवेश गरेको हो।...
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ १९, सरकारले तोकिएको समयमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज सञ्चार मन्त्रालयमा बसेको बैठकले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सरकारले पछिल्लोपटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो। उक्त म्याद गएराति १२ बजे नै सकिएको छ।
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १७, मौसम पूर्वानुमान अनुसार आज देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण देशभर मनसुनी प्रभाव सामान्य देखिएको छ ।  ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ १६, मौसम पूर्वानुमान अनुसार आज देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी , तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तथा भारी वर्षाको सम्भावना रहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ ।  ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ १५, हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १४, मौसम पूर्वानुमान महाशाखाका अनुराार आज देशभर मौसम साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिण तथा पश्चिम आसपास छ।...
 लामिछानेले दिए उच्च अदालतमा निवेदन

 लामिछानेले दिए उच्च अदालतमा निवेदन

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ ९, सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनले उच्च अदालतमा निवेदन दिएका हुन् । लामिछानेले आफ्नो भागको बिगो बराबर धरौटी बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका हुन् ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज