Breaking News 1

आज देखि वडा दशैं शुरु : घटस्थापनासँगै जमरा राखिँदै

आज देखि वडा दशैं शुरु : घटस्थापनासँगै जमरा राखिँदै

Breaking News 1, ताजा अपडेट, समाचार
असोज ६, आज आश्विन शुक्ल प्रतिपदादेखि हिन्दूहरूको महान् चाड बडा दसैँ सुरु भएको छ। आजको दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी दुर्गा पूजाको आरम्भसँगै घटस्थापना गरिँदैछ। नित्यकर्म सकेर चोखो स्थलबाट ल्याइएको माटो वा बालुवामा गाईको गोबरले लिपपोत गरिएको स्थानमा जमरा रोपिन्छ। दुर्गा देवीको प्रिय वस्तु मानिने यव (जौ) रोप्ने यो परम्परा विजयादशमीसम्म चल्नेछ। दसैँको मुख्य दिन टीका लगाउँदा समृद्धिको प्रतीक पहेँलो जमरा समेत ग्रहण गरिन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। तर, कुल परम्पराअनुसार कतिपयले अन्य अन्न पनि रोप्ने चलन रहेको बताइन्छ। जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ। १५ दिनसम्म मनाइने दसैँको आज पहिलो दिन घटस्थापनासँगै धार्मिक विधि अनुसार पर्व प्रारम्भ भएको हो।...
मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
भदौ ५ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंह दरबारमा बस्ने छ । एजेण्डा के ? बैठकमा वर्तमान समसामयिक तथा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल हुने स्रोतको भनाइ छ । हाल प्रधानमन्त्री कार्कीको टीम ४ सदस्यीय मात्र रहेको छ । यसर्थ मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बुझिएको छ ।...
आज संविधान दिवस

आज संविधान दिवस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज ३ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ। काठमाडौ टुँडिखेलमा बिहान ८:३० बजे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुँदैछ। सो कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। संविधान २०७२ साल असोज ३ गते घोषणा गरिएको थियो। आज सरकारले सार्वजनिक बिदा दिएको छ।...
प्रधानमन्त्री कार्कीको टिम विस्तार, आजै सपथको तयारी

प्रधानमन्त्री कार्कीको टिम विस्तार, आजै सपथको तयारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीले नाम टुङ्गिएका नयाँ मन्त्रीहरुलाई नियुक्ति र जिम्मेवारी प्रदान गर्ने तयारी भएको छ । हिजो अबेर रातिसम्ममा हाल सम्म तीन जनाको नाम टुङ्गो लागेको छ भने अन्य मन्त्रीको पनि खोजी जारी रहेको बुझिएको छ । हालसम्म कुलमान घिसिङलाई उर्जा सहित भौतिक पूर्वाधार र यातायात तथा शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ । यस्तै अर्थमा पूर्व अर्थ सचिव रामेश्वर खनाल र गृहमा ओमप्रकाश अर्यालले जिम्मेवारी पाउने पक्का भएको छ । घिसिङ विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । रामेश्वर खनाल पूर्व अर्थ सचिव हुन् भने अर्याल काठमाडौैं महानगरका मेयर बालेन्द्र शाहका सल्लाहकार भएका व्यक्ति हुन् । तीनै जना मन्त्रीलाई आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ गराउने तयारी पनि रहेको स्रोतले जनाएको छ ।...
सर्वोच्च अदालतमा सेवा सुचारुः पालमूनीबाटै न्याय

सर्वोच्च अदालतमा सेवा सुचारुः पालमूनीबाटै न्याय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२९ भदौ । जेन जी आन्दोलनका क्रममा नेपालकै न्यायको सर्वोच्च धरोहर सर्वोच्च अदालतको मुख्य भवन नै जलेर खरानी बनेपछि अदालतले पालमूनीबाटै न्यायिक सेवाको पुनः शुरुवात् गरेको छ । न्याय सेवा रोकिन नहुने र रोक्न नमिल्ने विषय भएकोले पनि अफ्ठेरो अवस्थाबाटै भएपनि सर्वोच्च अदालतले न्याय सेवा प्रदान गर्ने प्रक्रिया सुचारु गरेको हो । गत २४ गते भएको जेन जी आन्दोलनमा सर्वोच्च अदालत पनि अछुतो रहन सकेन । सर्वोच्च अदालतको मूल भवनका साथै मिसिल लगायत महत्वपूर्ण कागजात समेत आन्दोलनकारीको आगजनीमा जलेर नष्ट भएपछि अदालतले पालमूनी बसेरै भएपनि सेवा सुचारु गरेको छ । जलेर खरानी बनेको मूल भवनमै अदालतका न्यायाधिशहरुको पूर्ण बैठक बस्दै आजबाट सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।...
जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख रुपैयाँ राहत

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख रुपैयाँ राहत

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२९ भदौ । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी छन् । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको ज्यान गएको छ । त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।...
प्रधानमन्त्री कार्कीद्धारा पदभार ग्रहण

प्रधानमन्त्री कार्कीद्धारा पदभार ग्रहण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२९ भदौ । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । यसअघि गृह मन्त्रालयका लागि भनी तयार गरिएको भवनमा प्रधामन्त्रीको कार्यकक्ष तयार गरिएको थियो । सोही भवनमा प्रधानमन्त्रीको कार्यकक्ष तयार गरिएको थियो । सोही स्थानमा आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव सचिव लगायत विशिष्ठ कर्मचारी र सुरक्षा प्रमुख एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।...
सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्कियो

सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्कियो

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
भदौ २७, जेनजी समूहले प्रस्तावित प्रधानमन्त्री सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्किएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबीच निरन्तर छलफल भए पनि विघटनमा सहमति जुट्न सकेको छैन। पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति भए पनि संविधानको कुन आधारमा नियुक्त गर्ने भन्ने विषयमा मतभेद छ। राजनीतिक दलहरू कार्कीलाई स्वीकार गर्न तयार देखिए पनि संसद विघटनमा सहमत छैनन्। अन्तिम सहमति जुटेपछि मात्र शपथ हुने जनाइएको छ।...
अन्तरिम सरकारको नेतृत्व गर्न तयार छु:- सुशीला कार्की

अन्तरिम सरकारको नेतृत्व गर्न तयार छु:- सुशीला कार्की

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २६, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । भारतीय टेलिभिजन  सँग कुरा गर्दै ७१ वर्षीया कार्कीले राष्ट्रिय हितका लागि काम गर्न आफू इच्छुक रहेको जनाइन् । कार्कीलाई जेनजी युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् । उनले भारतमा अध्ययनको अनुभव स्मरण गर्दै दुई देशबीच ऐतिहासिक र आत्मीय सम्बन्ध रहेको उल्लेख गरिन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा सडकमा उत्रिएकी कार्कीले सर्वोच्च अदालतमा रहँदा सामूहिकतामा विश्वास गरेर काम गरेको अनुभव साझा गर्दै भविष्यमा पनि त्यही भावनासहित अघि बढ्ने बताइन् ।...
जेनजी आन्दोलन चर्किँदा १९ जनाको ज्यान गयो, ३४७ घाइते

जेनजी आन्दोलन चर्किँदा १९ जनाको ज्यान गयो, ३४७ घाइते

Breaking News 1, समाचार
भदौ २३, सोमबार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार सो संख्या पुष्टि भएको हो । देशभरका विभिन्न अस्पतालमा हालसम्म ३४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा जेन जी भनिने नवयुवाले हिजो देशभर प्रर्दशन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज