४० लाख लागतमा ४० जना युवालाई तालिम
जेठ २८,
तानसेनमा ४० लाख लागतमा ४० जना युवालाई सिपमूलक तालिम सुरु भएको छ । दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तरगत ४० जना युवालाई कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन र विल्डिङ्ग इलेक्ट्रिसियन तालिम सुरू भएको हो। इन्स्योर परियोजनामार्फत तानसेन नगरपालिकाको ४० लाख लागतमा कार्यगत अभ्याससहित १० महिना तालिम संचालन गर्न जयन टेक्निकल कलेज अफ टेक्नोलोजी बुटवलले तालिमको संचालन गरेको छ।
तालिमको सुभारम्भ गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले युवालाई सीप प्रदान गरेर स्वरोगजार बनाउन तालिमले टेवा पुग्ने बताउदै शैक्षिक बेरोजगारी बढेको समयमा युवालाई सीप प्रदान गरेर आयआर्जनसंग जोड्न नगरपालिकाले तालिमको आयोजना गरेको बताइन् ।
कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले शैद्धान्तिक भन्दा सीपमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए । जीवनउपयोगी शिक्षाबाट आयआ...








