बागलुङको बरेङ पालिकाको पूर्वाधार तर्फ ८३ योजना सम्पन्न

जेठ २७,
बागलुङको बरेङ गाउँपालिकाले पूर्वाधार तर्फ ८३ योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम अन्र्तगत बागलुङको बरेङ गाउँपालिकाले  १ सय २ वटा योजनाहरु मध्ये ८३ वटा योजनाहरु सम्पन्न गरेको हो ।

स्थानीय सरकार भौतिक संरचनाको र विषयगत जनशक्ति एवम कर्मचारीको अभाव र केन्द्रीय ऐन, नियमको अष्पस्टताको बाबजुद पनि जनभावना, जनआकंक्षा र श्रोत परिचालन गरेर प्रशासनिक शुसासन, नागरिकको अपेक्षा र समृद्धीको चाहना पुरा गर्न गाउँपालिकाले पूर्वाधार तर्फ तिव्रताका साथ योजनाहरु निर्माणको कार्यहरुमा रकमहरु विनियोजित गर्दै योजनाहरु समय मै सम्पन्न गर्न आवहान गरेको छ ।

गाउँपालिकाबाट योजनाहरुको सम्झौता गर्दा दिएको मिति ताकेता गरे पनि योजना निर्माण उपभोक्ता समिति, ठेक्का कम्पनीहरुले निर्माण मिति थप्ने प्रवृती, योजना निर्माणमा विवाद, सम्झौता गरे पछि समयमा कामको थालनी ढिलो गर्ने जस्ता कार्यहरुले समयमा केही योजनाहरु सम्पन्न हुन पाएका छैनन् । बाँकी रहेका योजनाहरु असार १५ गतेसम्म सम्पन्न गर्ने पालिकाले जनाएको छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज