Author: Bihani Post

एसियन कप फुटबल स् आज  नेपाल र मलेसिया भिड्ने

एसियन कप फुटबल स् आज  नेपाल र मलेसिया भिड्ने

खेलकुद, समाचार
चैत १२ ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ । एसियन कप छनौटमा सकेसम्म माथिल्लो चरणमा पुग्ने नेपालको चाहना छ । नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो ।...
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

मनोरञ्जन
चैत १२ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ बाट प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाण्डौ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ कल्बमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् । उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।’ गएको फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन शुरू भएको चलचित्रले ३ दिनमा २ करोड सात लाख रुपैयाँको व्यापार गरेको थियो । अहिले भने यो धेरै उच्च रहेको छ ...
चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित : मन्त्री पाण्डे

चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित : मन्त्री पाण्डे

मनोरञ्जन
चैत १२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अरु उद्योग जस्तै चलचित्र उद्योग पनि समस्यामा रहेको छ । यसले समग्रमा देशको अर्थतन्त्रमा नै प्रभाव पारेको जिकिर गर्दै अतिरिक्त खर्च गर्ने क्षेत्र चलचित्र भएकाले अहिलेको देशको आर्थिक अवस्था हेरेर पनि चलचित्र क्षेत्र समस्यामा रहेको बुझ्न  सकिने बताउदै चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताए । मन्त्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसके चलचित्र क्षेत्रको भविष्य उज्वल रहेको पनि बताएका थिए ।...
सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
चैत १२ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । देशभर भने कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ ।  ...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १२ नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । १०औँ महाधिवेशनमा पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षका अर्का दावेदार राजेश राई पछाडि हटेसँगै पाण्डे सर्वसम्मत चयन भएका हुन् । यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा चयन भएका हुन् ।...
राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

कर्णाली, खेलकुद, ताजा अपडेट, मधेस प्रदेश, समाचार
चैत १० राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनको भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । निर्धारित अवधिको खेल एक / एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एपीएफले ट्रफीसहित तीन लाख र आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले यो वर्ष लिगसहित तीन वटा उपाधि जितेको छ ।...
टिकटकले ल्यायो नयाँ टुल साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

टिकटकले ल्यायो नयाँ टुल साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत १० भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्पहरू प्रदान गर्छ । जस्तै तपाईंको खातालाई फोन नम्बर वा इमेल ठेगानामा लिङ्क गर्ने, तपाईंसँग लग इन गर्ने ब्याकअप विधि सुनिश्चित गर्न दुई–कारक प्रमाणीकरण गर्ने र अनुहार पहिचान वा फिङ्गरप्रिन्ट जस्ता बायोमेट्रिक प्रमाणीकरण लगइन विकल्प प्रदान गर्छ । सुरक्षा चेकअप टुलले खातासँग सम्बन्धित उपकरण हेर्ने कुनै पनि अज्ञात वा अब प्रयोगमा नरहेको यन्त्रमा पहुँच रद्द गर्ने, खातामा हुने कुनै पनि शङ्कास्पद गतिविधिको निगरानी गर्ने र उपयुक्त क...
प्रेस चौतारीको महाधिवेसन आज बाट

प्रेस चौतारीको महाधिवेसन आज बाट

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, समाचार
चैत १० श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आज बाट सुरु हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनले  प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महत्त्वपूर्ण निर्णय गर्ने चौतारीले जनाएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए ।‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने । तीन दिनसम्म हुने महाधिवेशन को उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।...
अब राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने

अब राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत ०९ निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो ।हाल समानुपातिक निर्वाचनमा सदर मतको ३ प्रतिशत मत पाउने र एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित दलले राष्ट्रिय मान्यता पाउँछ । आयोगले तीन प्रतिशतको व्यवस्था यथावत राखेर तीनवटा प्रदेशबाट कम्तीमा एकरएक सिट जित्नैपर्ने सर्त राखेको हो ।आयोगले अब राष्ट्रिय मान्यता पाउन दलहरूलाई चारवटा सर्तहरू तोकेको छ । पहिलो, समानुपातिक निर्वाचनमा सदर मतको तीन प्रतिशत मत पाएको हुनुपर्नेछ । दोस्रो, प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत सिटमा उम्मेदवारी दिएको हुनुपर्नेछ । तेस्रो, तीन फरक प्रदेशबाट कम्तीमा एकरएक सिट प्राप्त गरेको हुनुपर्नेछ । चौथो, केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहमा कम्तीमा ८० प्रति...
नवलपराससी सेवा समाज ले गर्यो विद्यालयमा अक्षयकोष स्थापना

नवलपराससी सेवा समाज ले गर्यो विद्यालयमा अक्षयकोष स्थापना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
चैत ०९ सामाजिक सेवामा आफ्नो काम लाई अगाडि बढाउदै आइरहेको नवलपरासी सेवा समाज युएईले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाज ले पश्चिम नवलपरासी स्थित बर्दघाट १० मा रहेको ज्ञानज्योती माविमा अक्षयकोष स्थापना गरेको हो । गरिब तथा जेहन्दार विद्यार्थीले लाभ लिने गरी अक्षयकोष स्थापना गरिएको संस्थाका उपाध्यक्ष अतित भुषालले जानकारी दिए । उनका अनुसार अति गरिव, अशक्त तथा जेहन्दार बिद्यार्थीलाई प्रदान गर्ने गरि ५१ हजार रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नरनाथ लामिछानेले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी हुनुका साथै गरिब तथा विपन्न बालबालिकाको लागी एउटा हौसला बनेको बताए । कार्यक्रममा नवलपरासी सेवा समाज युएईका उपाध्यक्ष अतित भुषाल, कोपिला सापकोटा, प्रचार-प्रसार विभाग प्रमुख मनोज पाण्डे, साँस्कृतिक विभाग प्रमुख पार्वती पङ्ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज