by Bihani Post
चैत १२
ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ । एसियन कप छनौटमा सकेसम्म माथिल्लो चरणमा पुग्ने नेपालको चाहना छ ।
नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो ।