‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत १२
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ बाट प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाण्डौ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ कल्बमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् ।

उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।’

गएको फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन शुरू भएको चलचित्रले ३ दिनमा २ करोड सात लाख रुपैयाँको व्यापार गरेको थियो । अहिले भने यो धेरै उच्च रहेको छ ।

कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उनको सङ्घर्ष र सफलतासँग भावनात्मक रूपमा जोडिएका निर्देशक मिलन चाम्स बताउँछन् ।
-रासस

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज