चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित : मन्त्री पाण्डे

चैत १२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अरु उद्योग जस्तै चलचित्र उद्योग पनि समस्यामा रहेको छ । यसले समग्रमा देशको अर्थतन्त्रमा नै प्रभाव पारेको जिकिर गर्दै अतिरिक्त खर्च गर्ने क्षेत्र चलचित्र भएकाले अहिलेको देशको आर्थिक अवस्था हेरेर पनि चलचित्र क्षेत्र समस्यामा रहेको बुझ्न  सकिने बताउदै चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताए ।

मन्त्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसके चलचित्र क्षेत्रको भविष्य उज्वल रहेको पनि बताएका थिए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज